लन्डन । वरिष्ठ गायक आनन्द कार्की र संगीतकार शिखर सन्तोष बेलायत भ्रमणको अन्तिम अन्तिमतिर झन् व्यस्त देखिएका छन् । शुक्रबार सांझ उनीहरु नेपालीको घनावस्ती रहेको साउथ इष्ट लन्डनस्थित प्लमस्टिडमा झुल्किए ।
खस समाज तथा खस अन्तर्राष्ट्रिय समन्वय समाज यूकेद्वारा अंग्रेजी नयां वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कार्की र सन्तोषले आ आफ्नो कला प्रस्तुत गरेर दर्शक नचाए । गायक कार्कीको नयां पुराना हिट गीतमा दर्शक आकर्षित नहुने कुरै थिएन, त्यसमा झन् संगीतकार शिखर सन्तोषको साथले कार्यक्रममा थप रौनकता थप्यो । स्थानीय कलाकारहरु दीपक थापा, इन्दु कार्की र श्रेया कार्कीले आफ्ना लोकप्रिय गीत संगीत तथा नृत्य प्रस्तुत गरेर थप मनोरन्जन दिए ।
एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवरको प्रमुख आतिथ्यमा आयोजित उक्त सांस्कृतिक कार्यक्रमका सभापति थिए खस समाज यूकेका अध्यक्ष इन्द्र कार्की । कार्यक्रममा अतिथीहरु रोयल ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष कुमार श्रेष्ठ, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, सहकोषाध्यक्ष ललितकुमार न्यौपाने, एनआरएनए यूके आइसीसी सदस्य संगीता मरह्टठा, नेपलिज नर्सिंग एसोसिएसन यूकेकी अध्यक्ष सुशिला कार्की लगायतको उपस्थिति थियो । कार्यक्रममा एनआरएनए यूके सहकोषाध्यक्ष न्यौपानेले मुक्तक वाचन गरेका थिए ।
सन्तोष कार्कीको संयोजनमा भएको उक्त कार्यक्रम सफल बनाउन अन्तर्राष्ट्रिय खस समन्वय समाजका संयोजक राजेश थापा, सोही समाजका वरिष्ठ सल्लाहकार कृष्ण थापा, राजेन्द्र खस र कार्यसमितिका सम्पूर्ण सदस्यहरुले साथ दिएका थिए ।
तस्विरहरुः विकेसराज बस्नेत
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन