लन्डन । वरिष्ठ गायक आनन्द कार्की र संगीतकार शिखर सन्तोष बेलायत भ्रमणको अन्तिम अन्तिमतिर झन् व्यस्त देखिएका छन् । शुक्रबार सांझ उनीहरु नेपालीको घनावस्ती रहेको साउथ इष्ट लन्डनस्थित प्लमस्टिडमा झुल्किए ।
खस समाज तथा खस अन्तर्राष्ट्रिय समन्वय समाज यूकेद्वारा अंग्रेजी नयां वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कार्की र सन्तोषले आ आफ्नो कला प्रस्तुत गरेर दर्शक नचाए । गायक कार्कीको नयां पुराना हिट गीतमा दर्शक आकर्षित नहुने कुरै थिएन, त्यसमा झन् संगीतकार शिखर सन्तोषको साथले कार्यक्रममा थप रौनकता थप्यो । स्थानीय कलाकारहरु दीपक थापा, इन्दु कार्की र श्रेया कार्कीले आफ्ना लोकप्रिय गीत संगीत तथा नृत्य प्रस्तुत गरेर थप मनोरन्जन दिए ।
एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवरको प्रमुख आतिथ्यमा आयोजित उक्त सांस्कृतिक कार्यक्रमका सभापति थिए खस समाज यूकेका अध्यक्ष इन्द्र कार्की । कार्यक्रममा अतिथीहरु रोयल ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष कुमार श्रेष्ठ, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, सहकोषाध्यक्ष ललितकुमार न्यौपाने, एनआरएनए यूके आइसीसी सदस्य संगीता मरह्टठा, नेपलिज नर्सिंग एसोसिएसन यूकेकी अध्यक्ष सुशिला कार्की लगायतको उपस्थिति थियो । कार्यक्रममा एनआरएनए यूके सहकोषाध्यक्ष न्यौपानेले मुक्तक वाचन गरेका थिए ।
सन्तोष कार्कीको संयोजनमा भएको उक्त कार्यक्रम सफल बनाउन अन्तर्राष्ट्रिय खस समन्वय समाजका संयोजक राजेश थापा, सोही समाजका वरिष्ठ सल्लाहकार कृष्ण थापा, राजेन्द्र खस र कार्यसमितिका सम्पूर्ण सदस्यहरुले साथ दिएका थिए ।
तस्विरहरुः विकेसराज बस्नेत
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’