रेडिङ समाजले निशुल्क कानुनी परामर्श दिने

ब्यारिस्टर देवेन्द्र श्रेष्ठ

ब्यारिस्टर देवेन्द्र श्रेष्ठ

लण्डन । ग्रेटर रेडिङ नेपलिज कम्युनिटीले निशुल्क परामर्श सेमीनारको आयोजना गरेको छ  ।
अागामी शनिबार, ९ जनवरीका दिन दि वेयरहाउस, १ ए कम्बरल्याण्ड लेनमा आयोजना गरिएको सो सेमिनारमा ब्यारिस्टर देवेन्द्र श्रेष्ठले कानुनी परामर्श दिने समाजले जनाएको छ ।
बिहान १०.३० बजेदेखि १२.३० बजेसम्म हुने सो सेमिनारमा परिवार सम्बन्धी, अध्यागमन सम्बन्धी र घरजग्गा लगायतका विषयहरूमा श्रेष्ठले परामर्श दिने बताइएको छ ।
समाजले सेमिनारमा सहभागी भइ लाभ उठाउन रेडिङबासी नेपालीहरूलाई अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री