लन्डन । दुई चर्चित नेपाली गायिकाले चिसिंदो बेलायती मौसम तताउंदै छन् यो महिनाभर । गोर्खा सांस्कृतिक सांझका लागि गायिका इन्दिरा जोशी शुक्रबार यूके आइसकेकी छिन् भने अर्की लोकप्रिय गायिका सुनिता दुलाल आगामी ७ जनवरीमा लन्डन उत्रने भएकी छन् ।
ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले गर्ने सांस्कृतिक कार्यक्रममा भाग लिन उनी यो साता यूके आउन लागेकी हुन् । अलिक अस्वस्थ्य र व्यस्तताले सुनिता एकसाता पछि इन्दिरालाई साथ दिन आइपुग्ने छिन् ।
आज सांझ फार्नबोरोबाट शुरु हुने गोर्खा सांस्कृतिक सांझ फेब्रुअरी पहिलो सातासम्म बेलायतका दर्जन शहरमा हुने तय भएको छ । जोशी र दुलाललाई नेपालबाटै आएका नृत्य निर्देशक गोविन्द राईसहित स्थानीय कलाकारहरुले पनि साथ दिनेछन् ।
गायिका ज्योति मगरलाई बेलायत झिकाउन लागेको काउन्सिलले उनको भिजा रिफ्युज भएपछि यी दुई गायिका बोलाएको हो । नेपाली संगीत क्षेत्रमा दुवै गायिकाको बेग्लै क्रेज छ अहिले ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन