लन्डन । दुई चर्चित नेपाली गायिकाले चिसिंदो बेलायती मौसम तताउंदै छन् यो महिनाभर । गोर्खा सांस्कृतिक सांझका लागि गायिका इन्दिरा जोशी शुक्रबार यूके आइसकेकी छिन् भने अर्की लोकप्रिय गायिका सुनिता दुलाल आगामी ७ जनवरीमा लन्डन उत्रने भएकी छन् ।
ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले गर्ने सांस्कृतिक कार्यक्रममा भाग लिन उनी यो साता यूके आउन लागेकी हुन् । अलिक अस्वस्थ्य र व्यस्तताले सुनिता एकसाता पछि इन्दिरालाई साथ दिन आइपुग्ने छिन् ।
आज सांझ फार्नबोरोबाट शुरु हुने गोर्खा सांस्कृतिक सांझ फेब्रुअरी पहिलो सातासम्म बेलायतका दर्जन शहरमा हुने तय भएको छ । जोशी र दुलाललाई नेपालबाटै आएका नृत्य निर्देशक गोविन्द राईसहित स्थानीय कलाकारहरुले पनि साथ दिनेछन् ।
गायिका ज्योति मगरलाई बेलायत झिकाउन लागेको काउन्सिलले उनको भिजा रिफ्युज भएपछि यी दुई गायिका बोलाएको हो । नेपाली संगीत क्षेत्रमा दुवै गायिकाको बेग्लै क्रेज छ अहिले ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित