मंगलबार, असोज ६ २०७७ | Tue, September 22, 2020
नेपालको समय: १९:५० | UK Time: 15:05

फेसबुक अभियानले जन्मियो टोपी दिवस

वीनेपाली
२०७२ पुष १७ गते १४:२९
‘नेपाली बनौँ, नेपालीपनमै रमाऔँ’ भन्ने मूलनाराका साथ शुक्रबार वसन्तपुरमा ‘राष्ट्रिय टोपी दिवस’ मनाइँदै । तस्बिर ः सिबी अधिकारी, रासस

‘नेपाली बनौँ, नेपालीपनमै रमाऔँ’ भन्ने मूलनाराका साथ शुक्रबार वसन्तपुरमा ‘राष्ट्रिय टोपी दिवस’ मनाइँदै । तस्बिर ः सिबी अधिकारी, रासस

लन्डन । आज १ जनवरीका दिन अंग्रेजी नयां वर्षलाई डोमिनेन्ट गर्ने गरि फेसबुकभर टोपी लगाइएका तस्विर छरिए । के महिला के पुरुष । सबैको शिरमा टोपी थियो । ‘नेपाली बनौं, नेपालीपनमै रमाऔं…’ भन्ने मुल नाराका साथ वसन्तपुरमा राष्ट्रिय टोपी दिवस नै मनाइयो ।

आज फेसबुक वालभर तेश्रो टोपी दिवसका गतिविधि र टोपीका तस्विर देखेपछि दंग छन् यसका जन्मदाता । लन्डनमा अध्ययनरत गोरखा स्थायी घर भएका रामचन्द्र मरहट्टा उर्फ मचराले तीनवर्ष अघि शुरु गरेको अभियान अहिले सफल भएको छ । उनलाई यो अभियान यति सफल होला भन्ने पटक्कै थिएन ।

रामचन्द्र मरहट्टा उर्फ मचरा

रामचन्द्र मरहट्टा उर्फ मचरा

सन् २०१३ को अक्टोबरतिर मचराले फेसबुकबाटै नेपाली टोपी नेपाली 
राष्ट्रियता, पहिचान र अपनत्वको प्रतिक भएकाले यसको प्रचार प्रसार एवं संरक्षण गर्न जोड दिंदै अभियान थालेका थिए । उनले आफूले युवा समूहलाई नेपालमा ५ सय वटा टोपी नै वितरण गरेर अभियानलाई तीव्रता दिएको बताए ।

अब टोपी दिवसलाई सरकारी मान्यताका लागि पहल गरिने मचराले जनाए ।
उनले यो कुनै जात, धर्म, पेशा वा समुदायसंग लक्षित नभएर केवल राष्टियताका लागि गरिएको पनि प्रष्ट्याए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक