लन्डन । आज नयां वर्ष सांझको भीडभाडमा आतंककारी आक्रमण हुने सुईंको पाएपछि लन्डनस्थित सशस्त्र प्रहरीको बिदा नै कटौती गरि सुरक्षा व्यवस्था कडा बनाइएको छ । स्कटल्याण्ड यार्डले २ हजार हतियारले सुसज्जित सशस्त्र प्रहरीको बिदा कटौती गरि ड्युटीमा खटाएको दि टेलिग्राफले जनाएको छ । ३१ डिसेम्बर सांझका लागि यति बढि सशस्त्र प्रहरी खटाइएको यो पहिलो हो । मेट्रोपोलिटन पुलिस फेडेरेसनका अध्यक्ष केन मार्सले प्रशिक्षित सबै २ हजार प्रहरी (फायर आम्र्स पुलिस) ड्युटीमा खटाइएको जनाए ।
जासुसी एजेन्सीहरुले लन्डनसहित युरोपेली राजधानीमा इस्लामिष्ट आतंककारीहरुले आक्रमण गर्ने योजना बनाएको सुईंको पाएपछि आज लन्डनसहित युरोपभर सुरक्षा व्यवस्था अत्यन्त कडा तुल्याइएको छ । ब्रसेल्स्मा आक्रमणको त्रासले आतसवाजी कार्यक्रम समेत रद्द गरिएको छ ।
बेलायती राजधानी लन्डनमा अन्य सुरक्षा बल गरि करिब ६ हजार प्रहरी अधिकृत परिचालन गरिने जनाइएको छ ।
बेलायती संसद हाउस अफ पार्लियामेन्ट अगाडि आज सांझ भव्य आतसवाजी हुने कार्यक्रम छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने