लन्डन । आज नयां वर्ष सांझको भीडभाडमा आतंककारी आक्रमण हुने सुईंको पाएपछि लन्डनस्थित सशस्त्र प्रहरीको बिदा नै कटौती गरि सुरक्षा व्यवस्था कडा बनाइएको छ । स्कटल्याण्ड यार्डले २ हजार हतियारले सुसज्जित सशस्त्र प्रहरीको बिदा कटौती गरि ड्युटीमा खटाएको दि टेलिग्राफले जनाएको छ । ३१ डिसेम्बर सांझका लागि यति बढि सशस्त्र प्रहरी खटाइएको यो पहिलो हो । मेट्रोपोलिटन पुलिस फेडेरेसनका अध्यक्ष केन मार्सले प्रशिक्षित सबै २ हजार प्रहरी (फायर आम्र्स पुलिस) ड्युटीमा खटाइएको जनाए ।
जासुसी एजेन्सीहरुले लन्डनसहित युरोपेली राजधानीमा इस्लामिष्ट आतंककारीहरुले आक्रमण गर्ने योजना बनाएको सुईंको पाएपछि आज लन्डनसहित युरोपभर सुरक्षा व्यवस्था अत्यन्त कडा तुल्याइएको छ । ब्रसेल्स्मा आक्रमणको त्रासले आतसवाजी कार्यक्रम समेत रद्द गरिएको छ ।
बेलायती राजधानी लन्डनमा अन्य सुरक्षा बल गरि करिब ६ हजार प्रहरी अधिकृत परिचालन गरिने जनाइएको छ ।
बेलायती संसद हाउस अफ पार्लियामेन्ट अगाडि आज सांझ भव्य आतसवाजी हुने कार्यक्रम छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ