
गीत रेकर्ड गर्ने क्रममा बायांबाट संगीतकार शिखर सन्तोष, गीतकारहरु श्रेष्ठ, अधिकारी, रेकर्डिष्ट क्लाउड र गायक कार्की ।
लन्डन । अध्यापन क्षेत्रमा लामो समयदेखि आवद्ध बेलायतका एक जना नेपाली व्यवसायी यादवकुमार श्रेष्ठ अब गीतकार भएका छन् । लन्डनस्थित साउथ लन्डन एकेडेमीसंग आवद्ध उनको पहिलो गीत ‘नजर तिम्रो…’ रेडिङस्थित रेडिपप स्टुडियोमा रेकर्डिङ भएको छ । श्रेष्ठको गीत वरिष्ठ गायक आनन्द कार्कीको स्वर र संगीतकार शिखर सन्तोषको संगीतमा रेकर्ड भएको हो । यसको संगीत संयोजन किरण कंडेलले गरेका छन् ।
‘संगीत र साहित्यमा रुची भएपनि गीतकार हुने लक्ष्य पटक्कै थिएन’, श्रेष्ठले गीत रेकर्ड भएपछि वीनेपालीसंग भने, ‘गायक आनन्द कार्की र संगीतकार शिखर सन्तोषसंगको एक भेटमा मैले एउटा सायरी सुनाएको थिएं, उहांहरुले त्यो सुनेर गीत नै लेख्न प्रेरित गर्नुभयो ।’
श्रेष्ठले भविष्यमा अन्य गीत पनि विस्तारै रेकर्ड गराउने योजना सुनाए । उनी आफ्नो पहिलो गीतको म्यूजिक भिडियो समेत बनाउने सुरमा छन् ।
सन् २००६ को अन्तिमतिर बेलायत आएका श्रेष्ठ क्याट यूके, पासा पुचः गुठी यूके लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।
यसैबीच, अर्का व्यवसायी ओमकार अधिकारीले पनि गायक कार्की र संगीतकार सन्तोषसंग गीत रेकर्ड गराएका छन् । उनको गीतको बोल छ ‘जमाना फेरियो…।’
रेकर्डिष्ट क्लाउड राचेर्टले श्रेष्ठ र अधिकारीको रेकर्ड गराएका थिए ।
यसअघि कार्की र सन्तोष बेलायत भ्रमणमै रहेको मौका छोपी गायक गायिका सपनकुमार राई र शर्मिला बर्देवाको गीत पनि रेकर्ड भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा