
गीत रेकर्ड गर्ने क्रममा बायांबाट संगीतकार शिखर सन्तोष, गीतकारहरु श्रेष्ठ, अधिकारी, रेकर्डिष्ट क्लाउड र गायक कार्की ।
लन्डन । अध्यापन क्षेत्रमा लामो समयदेखि आवद्ध बेलायतका एक जना नेपाली व्यवसायी यादवकुमार श्रेष्ठ अब गीतकार भएका छन् । लन्डनस्थित साउथ लन्डन एकेडेमीसंग आवद्ध उनको पहिलो गीत ‘नजर तिम्रो…’ रेडिङस्थित रेडिपप स्टुडियोमा रेकर्डिङ भएको छ । श्रेष्ठको गीत वरिष्ठ गायक आनन्द कार्कीको स्वर र संगीतकार शिखर सन्तोषको संगीतमा रेकर्ड भएको हो । यसको संगीत संयोजन किरण कंडेलले गरेका छन् ।
‘संगीत र साहित्यमा रुची भएपनि गीतकार हुने लक्ष्य पटक्कै थिएन’, श्रेष्ठले गीत रेकर्ड भएपछि वीनेपालीसंग भने, ‘गायक आनन्द कार्की र संगीतकार शिखर सन्तोषसंगको एक भेटमा मैले एउटा सायरी सुनाएको थिएं, उहांहरुले त्यो सुनेर गीत नै लेख्न प्रेरित गर्नुभयो ।’
श्रेष्ठले भविष्यमा अन्य गीत पनि विस्तारै रेकर्ड गराउने योजना सुनाए । उनी आफ्नो पहिलो गीतको म्यूजिक भिडियो समेत बनाउने सुरमा छन् ।
सन् २००६ को अन्तिमतिर बेलायत आएका श्रेष्ठ क्याट यूके, पासा पुचः गुठी यूके लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।
यसैबीच, अर्का व्यवसायी ओमकार अधिकारीले पनि गायक कार्की र संगीतकार सन्तोषसंग गीत रेकर्ड गराएका छन् । उनको गीतको बोल छ ‘जमाना फेरियो…।’
रेकर्डिष्ट क्लाउड राचेर्टले श्रेष्ठ र अधिकारीको रेकर्ड गराएका थिए ।
यसअघि कार्की र सन्तोष बेलायत भ्रमणमै रहेको मौका छोपी गायक गायिका सपनकुमार राई र शर्मिला बर्देवाको गीत पनि रेकर्ड भएको थियो ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन