लन्डन । कहिल्यै मिल्न सकेनन् बेलायतका कांग्रेसीहरु । मतमतान्तरले अहिले स्वघोषित नेतृत्व आफ्नो रहेको दावी गर्ने तीन समूह पुगिसकेको छ ।
एकले अर्कालाई पटक्कै सम्मान गर्दैनन्, कुनै रचनात्मक काम त परै जाओस् । सायद यही विवादले होला, बेलायती नेपाली डायष्पोरामा सबैभन्दा बढि साख गुमाएको नै यही पार्टी भन्नेहरु अधिक छन् ।
प्रसंग आसन्न मेलमिलाप दिवसको हो । स्वतन्त्र सेनानीहरु वीपी कोइराला, गणेशमानसिंह लगायत अन्य नेताहरु भारतको निर्वासित जीवनबाट नेपाल फर्किएर राष्ट्रिय एकता र प्रजातन्त्रको सुदृढीकरणका लागि शुरु गरेको मेलमिलाप दिवस सामान्य अर्थमा मिलेर, एक भएर अघि बढे यस दिवसको सार्थकता बढ्ने हो । तर, यसै विषयलाई लिएर यहां झन् विवाद छ, कांग्रेसीहरु आपसी आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
लोक गुरुङ सभापति रहेको नेपाली जनसम्पर्क समिति, बेलायतले आगामी ३ जनवरी, २०१६ का दिन अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा मेलमिलाप दिवस मनाउने तयारी गरिरहंदा नेपाली जनसम्पर्क समिति विभाग सदस्य विज्ञान प्रसाईं समूहले उक्त मेलमिलाप दिवसबारे भ्रममा नपर्न अपिल गरेका छन् ।
प्रसाईंले एक विज्ञप्ति जारी मार्फत केही समययता नेपाली जनसम्पर्क समितिको नाममा केहीले कार्यक्रम गर्ने र मिडियामार्फत विभिन्न भ्रम फैलाएको भन्दै सचेत रहन अनुरोध गरेका हुन् । उनले सन् २००९ मा तीन वर्षका लागि सभापति निर्वाचित लोक गुरुङले संस्था कब्जा गर्ने उद्देश्यले विभिन्न बहानामा समितिको अधिवेशन नगराई आफैं अध्यक्ष कायम राख्न केन्द्रीय कार्यालयको कीर्ते गरि जनमानसमा आफू अझै अध्यक्ष भएको भ्रम फैलाउंदै हिंडेको जिकिर गरेका छन् ।
३ जनवरीमा गर्ने भनिएको मेलमिलाप दिवसबारे आफूहरु अनभिज्ञ रहेको समेत उनको विज्ञप्तिमा छ । उनले एकीकृत समिति बनिसकेको जनाउंदै केन्द्रीय कार्यालयसंग सम्पर्क गरि चांडै नै अधिवेशनको मिति तय गरिने पनि जनाएका छन् । जनसम्पर्क समितिको नाममा कुनै पनि कार्यक्रम नगर्न उनको चेतावनी छ ।
यसैबीच, ३ जनवरीको मेलमिलाप दिवसमा भाग लिन युरोपका अधिकांश देशबाट नेताहरु आउने क्रम शुरु भइसकेको गुरुङले जनाएका छन् ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक