लन्डन । जासुसी एजेन्सीहरुले लन्डन र अन्य युरोपेली मुलुकमा नयां वर्ष सांझ (न्यू इयर इभ) मा आतंककारी हमला हुन सक्ने प्रक्षेपण गरेपछि सुरक्षा सतर्कता बढाइएको छ ।
आतंककारी संगठन इस्लामिक स्टेट (आइएस) ले क्रिसमस र न्यू इयर इभको बीचमा बम हमला हुन सक्नेबारे सचेत गराएको दि टेलिग्राफले लेखेको छ ।
तर, होम अफेयर्स सेलेक्ट कमिटीका सभापति किथ भाजले भने नयां वर्ष विगत जस्तै सामान्य तरिकाले नै मनाउन जोड दिएका छन् । यसैबीच, लन्डन बाहिर चार क्षेत्रीय सशस्त्र प्रहरी बल स्थापना हुने अखवारले जनाएको छ ।
प्रतिआतंकवाद प्रमुख नयां प्रहरी बल राख्नेबारे बेलायती गृहमन्त्री टेरेजा मेसंग वार्तामा रहेको समाचारमा उल्लेख छ । एकसय ३० जनाको ज्यान लिने गरि पेरिसमा गत महिना आतंककारी आक्रमण भएपछि लन्डनका सडकमा अहिले दोब्बर जस्तो सशस्त्र प्रहरी खटाइए पनि लन्डनमा जस्तो बेलायतका अन्य शहरमा २४ सै घण्टा सशस्त्र प्रहरी परिचालित छैनन् ।
बेलायती गृह प्रवक्ताले पेरिस हमलापछि सशस्त्र प्रहरीको क्षमता अभिवृद्धि र आक्रमण लगत्तै जतिसक्दो छिटो रेस्पोन्स गर्न ३४ मिलियन पाउण्ड उपलव्ध गराइएको जनाएका छन् ।
अहिले प्रत्येक दिन तीनसय जनासम्म आतंककारी, अपराधी र गैर कानुनी आप्रवासी यूके छिर्ने प्रयत्न गरिरहंदा बेलायतलाई कुनै पनि बेला आतंकवादी आक्रमणको चिन्ता छ ।
रसियन अधिकारीहरुले बिहीबार राती घरैमा बसेर नयां वर्षको स्वागत गर्न आफ्ना नागरिकहरुलाई सचेत गराएको छ । रसियाली संसदको माथिल्लो सदनका पर्यटन कमिटी प्रमुख भेलरी रिजन्सकी ले आफ्ना नागरिकलाई घरैमा बसेर नयां वर्ष मनाउन सचेत गराएका छन् ।
अष्ट्रियन अधिकारीहरुले क्रिसमस आसपासतिर युरोपमा अर्को आतंककारी हमला हुन सक्ने चेतावनी दिएका थिए ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल