लन्डन । नौलो लाग्दैन बेलायतको नेपाली डायष्पोरामा सपनकुमार राई र शर्मिला बर्देवाको नाम । उनीहरु दुवै नेपाली सांगीतिक क्षेत्रमा समर्पित छन् । शर्मिला गाउंछिन्, सपन बजाउने गाउने दुवै गर्छन् । सबैले चिन्ने यो जोडी १७ वर्षपछि फेरि न्यानो अंगालोमा बांधिएको छ संगीतका माध्यमबाट ।
अहिलेका चल्तीका संगीतकार शिखर सन्तोष बेलायत आएका बेला बर्देवा र राईले भर्खर एउटा गीत रेकर्ड गराएका छन् । सन् १९९८ मा ड्वेट गाएको यो जोडीले यसपटक प्रकाश पुन्जले लेखेको गीत ‘मेरो मनमा बस मेरो मटुमा बस, तिम्रो न्यानो अंगालोमा चोखो मायाले कस…’ गीत रेकर्ड गराएको हो । साउथहलस्थित एउटा स्टुडियोमा ओविइ प्राप्त कुलजित भाम्राले उक्त गीत रेकर्ड गराएका हुन् । ५ मिनेट लामो गीतको म्यूजिक भिडियो समेत बनाउने योजनामा छ यो जोडी ।
‘गीत एकदम रोमान्टिक खालको छ’, गायिका शर्मिलाले भनिन्, ‘गीत मन पर्यो । अनि अब्बल संगीतकार यहीं आएको बेला रेकर्ड गरौं न त भनेर हामीले गाएका हौं ।’
यही गीत आफ्नो सातौं एल्बममा समेत समावेश हुने शर्मिलाले जनाइन् । उनको आगामी एल्बमका लागि चारवटा गीत रेकर्ड भइसकेको छ ।
१४ वर्षअघि बेलायत आएकी शर्मिला यहां पनि उत्तिकै सक्रिय छिन् । उनले करिब डेढवर्ष अघि गायक विवेक श्रेष्ठसंग मिलेर ‘चिनो’ नामक एल्बम निकालेकी थिइन् ।
दुई दशकभन्दा बढि समयदेखि बेलायत रहेका सपन इन्टरटेनमेन्ट लि.का प्रोपाइटर राईले बेलायतमा हुने धेरै कार्यक्रममा साउण्ड र डिजेका साथ गायनको जिम्मेवारी वहन गर्दै आएका छन् । उनको कम्पनीले नेपालबाट नियमित जस्तो कलाकार झिकाएर यहां कार्यक्रम गर्ने गर्छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित