लन्डन । नौलो लाग्दैन बेलायतको नेपाली डायष्पोरामा सपनकुमार राई र शर्मिला बर्देवाको नाम । उनीहरु दुवै नेपाली सांगीतिक क्षेत्रमा समर्पित छन् । शर्मिला गाउंछिन्, सपन बजाउने गाउने दुवै गर्छन् । सबैले चिन्ने यो जोडी १७ वर्षपछि फेरि न्यानो अंगालोमा बांधिएको छ संगीतका माध्यमबाट ।
अहिलेका चल्तीका संगीतकार शिखर सन्तोष बेलायत आएका बेला बर्देवा र राईले भर्खर एउटा गीत रेकर्ड गराएका छन् । सन् १९९८ मा ड्वेट गाएको यो जोडीले यसपटक प्रकाश पुन्जले लेखेको गीत ‘मेरो मनमा बस मेरो मटुमा बस, तिम्रो न्यानो अंगालोमा चोखो मायाले कस…’ गीत रेकर्ड गराएको हो । साउथहलस्थित एउटा स्टुडियोमा ओविइ प्राप्त कुलजित भाम्राले उक्त गीत रेकर्ड गराएका हुन् । ५ मिनेट लामो गीतको म्यूजिक भिडियो समेत बनाउने योजनामा छ यो जोडी ।
‘गीत एकदम रोमान्टिक खालको छ’, गायिका शर्मिलाले भनिन्, ‘गीत मन पर्यो । अनि अब्बल संगीतकार यहीं आएको बेला रेकर्ड गरौं न त भनेर हामीले गाएका हौं ।’
यही गीत आफ्नो सातौं एल्बममा समेत समावेश हुने शर्मिलाले जनाइन् । उनको आगामी एल्बमका लागि चारवटा गीत रेकर्ड भइसकेको छ ।
१४ वर्षअघि बेलायत आएकी शर्मिला यहां पनि उत्तिकै सक्रिय छिन् । उनले करिब डेढवर्ष अघि गायक विवेक श्रेष्ठसंग मिलेर ‘चिनो’ नामक एल्बम निकालेकी थिइन् ।
दुई दशकभन्दा बढि समयदेखि बेलायत रहेका सपन इन्टरटेनमेन्ट लि.का प्रोपाइटर राईले बेलायतमा हुने धेरै कार्यक्रममा साउण्ड र डिजेका साथ गायनको जिम्मेवारी वहन गर्दै आएका छन् । उनको कम्पनीले नेपालबाट नियमित जस्तो कलाकार झिकाएर यहां कार्यक्रम गर्ने गर्छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]