लन्डन । लन्डनमा नयाँ पुस्ताका नेपाली किशोर किशोरीलाई नेपाली समुदायसंग जोड्दै उनीहरुलाई सामाजिक कार्यमा सरिक बनाउने उद्देश्य सहित नेप्लिज यूथ नेटवर्क यूके गठन गरिएको छ । सोसाइटी अफ नेप्लिज हाइली स्किल्ड प्रोफेशनल्स यूकेको प्रायोजन र संयोजन सहयोगमा उक्त युथ संगठन गठन गरिएको हो । अविभावकहरु पृष्ठभूमिमा बसेर जवान किशोर किशोरीहरु आफैले संचालन गरेको वुल्विच लोटस क्लबको उक्त कार्यक्रममा हाइली स्किल्ड नेप्लिजका अध्यक्ष नारायण भट्टराईले यूथ नेटवर्कको औपचारिक उद्घाटन गरे ।
बेलायतमा प्राय नेपाली संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रममा खादा, माला, आसन र भाषणले नै समय खाने गर्दछ । तर नयाँ पुस्ताका नेपाली युवा युवतीहरुले आयोजना र संचालन गरेको यो कार्यक्रम भने फरक थियो । किशोर किशोरीहरुकै अग्रसरता र सक्रियतामा सम्पन्न उक्त कार्यक्रममा उनीहरुले निकै गहकिलो प्रस्तुति दिए । स्टेजमा नभएर फ्लोरमै आपसी अन्तरक्रियामा रमाउदै गर्दा संचालक शैलेश घिमिरे र प्रियंका रेग्मी स्टेजमा उत्रेर माईक समाए । कार्यक्रम आयोजना गर्न सघाउने अभिवाकहरुलाई हार्दिक धन्यवाद व्यक्त गरे, आफ्ना अविभावकहरुले देखाएको बाटोमा हिड्ने प्रण गरे । उनीहरुले नेपालप्रतिको अथाह माया र नेपाली संस्कृति र सामाजिक मूल्य मान्यताहरु आफूहरुलाई सधै मार्गदर्शक हुने बताए । नेपाली रास्ट्रिय गान बजाएर हैन गाएरै सुनाए । बेलायतको राष्ट्रिय गान पनि उनीहरुले बजाए । नेपाली भेष भुषामा सजिएका नृत्यहरु प्रदर्शन गरे । क्विज राउण्डमा नेपालको पहिलो प्रधानमन्त्री देखि बेलायतको राज परिवारसम्मका प्रश्नहरु सोधे । आफ्नो उमेर समूहको सहभागितामा खानपान गरे, गीत गाए, नाचे र रमाए । नेपाली समुदाय, संघ संस्थाहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने, भाइचारा विकास गर्ने, परोपकारी कार्यक्रम गर्ने जस्ता भावी कार्ययोजनाहरु पनि सुनाए ।
कार्यक्रममा स्कुल देखि युनिभर्सिटी सकाएका अधवैसेहरुको उपस्थिति थियो । कार्यक्रममा उनीहरुले एक आपसमा परिचय गर्नको लागि टिम बिल्डिंग बिंगो चलाएका थिए । खेल, शिक्षा, संगीत लगायतका मनोरन्जनलाई उनीहरुले भरपुर बनाएका थिए । आफूहरुबाटै ठूलाले सानालाई धेरै सिकाए । समग्र रुपमा यूकेमा हुर्केर बसेका नेपाली युवा युवतीहरुको समन्वयमा लक्षित उक्त कार्यक्रममा करियर काउन्सिलिंग, एजुकेशनल एड्भाईस जस्ता सेमिनार स्टलहरु समेत उनीहरुले संचालन गरेका थिए । साना उमेर समूहको निम्ति समेत ठूला केटाकेटीहरुले बिभिन्न मनोरंजन दिएका थिए ।
फेश पेन्टिंग, क्यारेम बोर्ड प्रतियोगिता, जिम्न्यास्टिक शो लगायतका क्रियाकलाप पनि उनीहरुले गरेका थिए । अन्त्यमा कार्यक्रमको लिडिंग रोलका शैलेश घिमिरेकै नेतृत्वमा २७ जनाको कोअर्डिनेशन कमिटी घोषणा पश्चात ग्रुप डान्स र डिजेमा रमाउदै कार्यक्रम समापन भएको थियो । कार्यक्रममा झन्डै दुई सयको संख्यामा किशोर किशोरीहरु सहभागी थिए । सोसाइटी अफ नेप्लिज हाइली स्किल्ड प्रोफेशनल्स यूकेका अध्यक्ष नारायण भट्टराईले यूकेका नेपाली नौजवानहरुको निम्ती यस्तो खालको कार्यक्रमको शुरुवात गर्न पाएकोमा खुशी व्यक्त गरे । साथै उनले नेप्लिज युथ नेटवर्कको औपचारिक उद्घाटनको घोषणा भएको बताए । संयोजन सहयोगी शेखर वाग्लेले अब आफ्नै छोराछोरीहरु साथी सरहका बनिसकेको भन्दै अब विदेशमा नेपाल र नेपालीलाई जोडने जिम्मेवारी उनीहरुमा सार्दै जानु पर्ने कुरामा जोड दिए । अभिवावक हरुले पृष्ठभूमिबाट सघाउदै कार्यक्रम संचालन, व्यवस्थापन र समापनमा उनीहरुलाई नै अगाडी सारेका थिए । पृष्ठभूमिबाटै कम्युनिकेशनमा भूमिका खेलेका नेप्लिज हाईली स्किलकै बिष्णु न्यौपानेले अर्को पुस्तामा समेत नेपालीपनको जगेर्ना गर्नुको साथै जेनेरेशन ग्याप घटाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए । नयाँ पुस्ताको कार्यक्रम गर्ने स्टाईल बयस्कहरुले पनि सिक्न सके लन्डनका नेपाली कार्यक्रमहरु रुचिकर र उपलब्धिमुलक हुन सक्ने तर्क कतिपय अविभावकले गरेका थिए ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल