घले नआउंदै धमाधम पैसा उठाइंदै

Shes-ghale

लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले डिसेम्बर अन्तिम साता बेलायत आउनुअघि बेलायत समितिले कोष संकलन कार्यलाई तीव्रता दिएको छ । नेपालमा निर्माणाधिन एनआरएन भवन निर्माणका लागि आवश्यक कोष संकलन गर्न विलम्ब भइरहंदा एनआरएनए यूके कार्यसमितिले घले आउने तय भएसंगै सक्रियता बढाएको हो ।

गैर आवासीय नेपाली संघ, बेलायतका कोषाध्यक्ष दीपक श्रेष्ठका अनुसार, यतिखेर सम्पूर्ण कार्यसमिति रकम संकलनमा जुटेको छ । धेरैले सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् । श्रेष्ठले अघिल्लो कार्यसमिति देखि हालसम्म भवन निर्माण प्रयोजनका लागि यूकेले ३७ लाख, १५ हजार ८ सय रुपैयां आइसीसीमा पठाइसकेको जनाउंदै समस्त बेलायतवासी नेपालीलाई थप सहयोग गर्न अपिल गरे । एनआरएनए यूकेले एक करोड रुपैयां उठाउने लक्ष्य लिएको छ ।

एनआरएनए यूकेले २८ तारिख घले दम्पतिको उपस्थितिमा अल्डरसटमा राखिएको एक विशेष कार्यक्रममा आशातित रकम संकलन हुने अपेक्षा समेत गरेको छ । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले उक्त कार्यक्रममा सहभागी भएर भवन निर्माणका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् ।

विश्का अन्य सबै राष्ट्रिय समन्वय परिषदहरूले उक्त वृहत योजनाका निम्ति रकम जम्मा गरी केन्द्रमा पठाउने कार्य गरिसक्दा पनि एनआरएनए यूकेले भने त्यो कार्य अझै बांकी राखेपछि त्यसलाई पूर्णता दिन घले दम्पति बेलायत आउंदैछन् ।

पूर्व प्रधानमन्त्री सुशील कोइरालाले गत मार्च ९, २०१५ मा एनआरएन भवनको शिलान्यास गरेका थिए । संघले १२ करोड, ७२ लाख रुपैयां तिरेर बालुवाटरमा तीन रोपनी जग्गा खरिद गरेर भवन निर्माण गर्न लागेको हो ।

भवन शिलान्यास समारोहको झलक

भवन शिलान्यास समारोहको झलक

प्रतिक्रिया

सम्बन्धित सामाग्री