लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले डिसेम्बर अन्तिम साता बेलायत आउनुअघि बेलायत समितिले कोष संकलन कार्यलाई तीव्रता दिएको छ । नेपालमा निर्माणाधिन एनआरएन भवन निर्माणका लागि आवश्यक कोष संकलन गर्न विलम्ब भइरहंदा एनआरएनए यूके कार्यसमितिले घले आउने तय भएसंगै सक्रियता बढाएको हो ।
गैर आवासीय नेपाली संघ, बेलायतका कोषाध्यक्ष दीपक श्रेष्ठका अनुसार, यतिखेर सम्पूर्ण कार्यसमिति रकम संकलनमा जुटेको छ । धेरैले सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् । श्रेष्ठले अघिल्लो कार्यसमिति देखि हालसम्म भवन निर्माण प्रयोजनका लागि यूकेले ३७ लाख, १५ हजार ८ सय रुपैयां आइसीसीमा पठाइसकेको जनाउंदै समस्त बेलायतवासी नेपालीलाई थप सहयोग गर्न अपिल गरे । एनआरएनए यूकेले एक करोड रुपैयां उठाउने लक्ष्य लिएको छ ।
एनआरएनए यूकेले २८ तारिख घले दम्पतिको उपस्थितिमा अल्डरसटमा राखिएको एक विशेष कार्यक्रममा आशातित रकम संकलन हुने अपेक्षा समेत गरेको छ । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले उक्त कार्यक्रममा सहभागी भएर भवन निर्माणका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् ।
विश्का अन्य सबै राष्ट्रिय समन्वय परिषदहरूले उक्त वृहत योजनाका निम्ति रकम जम्मा गरी केन्द्रमा पठाउने कार्य गरिसक्दा पनि एनआरएनए यूकेले भने त्यो कार्य अझै बांकी राखेपछि त्यसलाई पूर्णता दिन घले दम्पति बेलायत आउंदैछन् ।
पूर्व प्रधानमन्त्री सुशील कोइरालाले गत मार्च ९, २०१५ मा एनआरएन भवनको शिलान्यास गरेका थिए । संघले १२ करोड, ७२ लाख रुपैयां तिरेर बालुवाटरमा तीन रोपनी जग्गा खरिद गरेर भवन निर्माण गर्न लागेको हो ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?