शनिबार, असोज ३ २०७७ | Sat, September 19, 2020
नेपालको समय: ०२:२४ | UK Time: 21:39

लण्डनमा मिस टिन, मास्टर एण्ड मिस लिटिल नेपाल यूके नाइट हुने

वीनेपाली
२०७२ पुष ९ गते २२:५३
miss little
लण्डन ।  लण्डनमा आगामी जनवरी ४ मा मिस टिन, मास्टर एंड मिस लिटिल नेपाल यूके नाइट हुने भएको छ ।
लण्डन फेशन हाउसले क्लिकटुरिचको सहकार्यमा लण्डनको  ह्यारो बरो फूटबल सेन्टरमा यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।
लण्डन फेशन हाउसले बेलायतमा रहेका बालबालिकाहरुको प्रतिभा उजागर गर्न मिस टिन, मास्टर एंड मिस लिट्टल नेपाल यूके प्रतियोगिता विगतमा गर्दै आएको थियो । यसपालि भने बालबालिकाहरुको प्रतिभा उजागर गर्नुको अलाबा उनीहरुलाई सम्मान गरी समुदायमा सहभागिता बढाउन पनि यो कार्यक्रमले सहयोग गर्ने आयोजकको भनाइ छ ।
आयोजक लण्डन फेशन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले बेलायतमा रहेका बालबालिकालाई नेपालमा गएको महाभुकम्पको पुननिर्माणमा संलग्न गराउने उधेश्य रहेको  बताइन्।
आयोजक श्रेष्ठले भुकम्प पिडितहरुको लागि ‘कोशिश’ प्रोजेक्ट सुरु गर्न लागिरहेको  जानकारी दिंदै भनिन- ‘बेलायती धर्तीमा जन्मे हुर्के पनि शरीरमा नेपाली रगत लिएर बाँचेका हाम्रा भाबी पुस्ताले नेपालको पुन:निर्माणमा साथ दिन लागेकोले खुशी लागेको छ।’
‘कोशिश’ को पहिलो कदमस्वरुप  आयोजना गर्न लागेको  ‘मास्टर एण्ड मिस लिटल नेपाल यूके नाइट २०१६’ मा पूर्व प्रतियोगितामा पूर्व विजयीहरुले नेपाली भेषभूषा र संस्कृति झल्किने बिबिध संस्कृतिक कार्यक्रम, सांगीतिक प्रस्तुति, नृत्य, र फेसन शो गर्ने छन् । आयोजक श्रेष्ठका अनुसार  प्रथम मिस टिन, मास्टर / मिस लिटल नेपाल यूके प्रतियोगिताका शीर्षक विजेताहरुलाई सम्मान पनि गरिनेछ ।
बालिकाहरुको प्रतिभालाई अझै जागृत गर्न र सम्मान गरी बढावा दिन उक्त कार्यक्रमलाई निरन्तरता दिएको भन्दै लण्डन फेशन हाउसकी श्रेष्ठले यसै कार्यक्रममा सन् २०१६ मा हुने दाेस्राे मास्टर / मिस लिटल नेपाल बेलायत प्रतोयोगिताको पनि जानकारी दिने बताइन् ।
लण्डन फेशन हाउस ले २०१३ मा गरेको प्रतियोगितामा मिस टिन तर्फ़ अलिजा क्षेत्री बिजेता, डेनिषा रिजाल फस्ट रनर अप र अनुषा क्षेत्री सेकेन्ड रनर अप भएकी थिइन् ।
त्यसैगरी मिस लिटल नेपाल यूके २०१३ मा प्रतिष्ठा त्रिपाठी बिजेता, सामी श्री प्याकुरेल फस्ट रनर अप र सुभावानी कार्की सेकेन्ड रनर अप भएकी थिइन् ।
मास्टर लिटल नेपाल यूके २०१३ तर्फ़ अशितोष शाह बिजेता, कृतन श्रेष्ठ फस्ट रनर अप र अक्क्षयत सैंजु सेकेन्ड रनर अप भएका थिए ।
त्यसैगरी विभिन्न शीर्षक अन्तर्गत नेहा खरेल, मिस फोटो जेनिक मुस्कान श्रेष्ठ, बेस्ट ड्रेस चाँदनी गुरुङ, मिस ट्यालेन्ट ओस्कार  ओझा, मास्टर ट्यालेन्ट  सिजल त्रिपाठी, मिस क्युट साम्राज्य कार्की, मास्टर क्युट अबिग्या रानाभाट, मिस टिन पब्लिक चोइस प्राचिनमान सिंह कार्की, मास्टर पब्लिक चोइस र सुबिन घले मिस लिटल पब्लिक चोइस चयन भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक