लण्डन । अवैध रुपमा सेन्ट्रल अमेरिकाको ग्वाटेमाला पुगेका १६ नेपाली पक्राउ परेका छन् ।
एएफपीका अनुसार ग्वाटेमालाका अधिकारीहरुले आइतबार उनीहरुलाई पक्राउ गरेका हुन् ।
ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीबाहिर बसमा यात्रारत अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । सम्भावित मानव ओसारपसारको आशंकामा प्रहरीले गरेको अपरेसनका क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुलाई अवैध रुपमा अमेरिका लगिँदै गरेको अधिकारीहरुले आशंका गरेका छन् ।
पक्राउ परेकाहरुको नाम खुलाइएको छैन । उनीहरु सबै पुरुष रहेको समाचारमा जनाइएको छ ।
नेपालीसँगै पक्राउ परेकामा १७ जना बंगलादेशी नागरिक पनि छन् ।
उनीहरुलाई सरकारी आप्रवासी सेवाले संचालन गरेको शिविरमा राखिएको छ ।
उनीहरु दक्षिण एशियाबाट सेन्ट्रल अमेरिका कसरी पुगे भन्ने खुलाइएको छैन ।
यसअघि जुन महिनामा पनि ११ नेपाली पक्राउ परेका थिए । उनीहरुको साथमा एशिया र अफ्रिकाबाट मानव ओसारपसार गराएको आरोपमा चारजना ग्वाटेमालाका नागरिकलाई पनि पक्राउ गरिएको थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक