बारपाक(गोरखा), २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज खानेपानी आयोजनाको शिलान्यास गरेका छन् ।
बारपाक खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्नुहुँदै उहाँले बारपाकलाई एकीकृत वस्ती विकास योजनाका साथ पुनःनिर्माण गरिने बताउनुभयो । केयर नेपालको रु तीन करोड ५० लाखको सहयोगमा सो खानेपानी आयोजना बन्न लागेको हो ।
प्रधानमन्त्री ओलीले भूकम्पपीडितलाई रु दुई लाख अनुदान वा धितोसहितको ऋण लिन चाहनेलाई रु पन्ध्र लाख उपलब्ध गराउने बताए । दुई वर्षभित्र बारपारकसम्म सडक कालोपत्र गरिने, ‘भूकम्प स्मारक’ बनाउने र एम्बुलेन्स उपलब्ध गराउने पीडितसमक्ष उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओली अहिले भूकम्पपीडितको अवस्था बुझ्न तिब्बतसँग सीमाना जोडिएको उत्तरी गोरखाको छेकम्पारतर्फ प्रस्थान गरेका छन् । त्यहाँ पीडितलाई भेट्ने र तिब्बतसँगको सडकको अवस्थाबारे उनले जानकारी लिनेछन् ।
छेकम्पारपछि उनी उत्तरी गोरखाकै केरौँजा गाविस जाने कार्यक्रम रहेको प्रजिअ उद्धव तिमल्सेनाले जानकारी दिए । प्रधानमन्त्री आजै सदरमुकाम फर्कने कार्यक्रम छ । प्रधानमन्त्रीसँगै पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारी पनि छन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]