बारपाक(गोरखा), २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज खानेपानी आयोजनाको शिलान्यास गरेका छन् ।
बारपाक खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्नुहुँदै उहाँले बारपाकलाई एकीकृत वस्ती विकास योजनाका साथ पुनःनिर्माण गरिने बताउनुभयो । केयर नेपालको रु तीन करोड ५० लाखको सहयोगमा सो खानेपानी आयोजना बन्न लागेको हो ।
प्रधानमन्त्री ओलीले भूकम्पपीडितलाई रु दुई लाख अनुदान वा धितोसहितको ऋण लिन चाहनेलाई रु पन्ध्र लाख उपलब्ध गराउने बताए । दुई वर्षभित्र बारपारकसम्म सडक कालोपत्र गरिने, ‘भूकम्प स्मारक’ बनाउने र एम्बुलेन्स उपलब्ध गराउने पीडितसमक्ष उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओली अहिले भूकम्पपीडितको अवस्था बुझ्न तिब्बतसँग सीमाना जोडिएको उत्तरी गोरखाको छेकम्पारतर्फ प्रस्थान गरेका छन् । त्यहाँ पीडितलाई भेट्ने र तिब्बतसँगको सडकको अवस्थाबारे उनले जानकारी लिनेछन् ।
छेकम्पारपछि उनी उत्तरी गोरखाकै केरौँजा गाविस जाने कार्यक्रम रहेको प्रजिअ उद्धव तिमल्सेनाले जानकारी दिए । प्रधानमन्त्री आजै सदरमुकाम फर्कने कार्यक्रम छ । प्रधानमन्त्रीसँगै पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारी पनि छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’