
काठमाडौँ, २७ मङ्सिर । इजरायलमा रोजगारीका लागि नेपालबाट ३०० घरेलु कामदार पठाउने प्रक्रिया लम्बिएको छ ।
इजरायल जान चाहने घरेलु कामदारका लागि यसअघि वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निकालेको सूचनामा तीन महिनाको तालिम लिएको हुनुपर्ने प्रावधानको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छनोट प्रक्रिया लम्बिएको हो ।
सो प्रावधानका कारण सीमित म्यानपावर कम्पनीले मात्रै इजरायलमा कामदार पठाउन पाउने र २०६८ सालभन्दाअघि तालिम लिएकाले मात्रै रोजगारीमा जान पाउने अवस्था आएको भन्दै उजुरी परेपछि आयोगले अन्य आवेदकले पनि जान पाउने गरी प्रस्ताव संशोधन गर्न निर्देशन दिएको थियो ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले आवेदन दिएकामध्ये १४५ जना नर्सको हकमा तत्काल प्रक्रिया सुरु गरिने अन्यको हकमा तीन महिना तालिम लिएपछि मात्रै जान पाउने गरी काम अगाडि बढाइएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस तयारी
श्रम तथा रोजगार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गोविन्दमणि भुर्तेलले आगामी पुस ३ गते अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विविध कार्यक्रम गरी मनाइन लागेको जानकारी दिएका छन् ।
सबैभन्दा बढी विदेशमा कामदार जाने २७ जिल्लामा मन्त्रालय र विभिन्न सङ्घ सङ्गठनले रयाली, अन्तक्र्रिया, सडकनाटक, निबन्ध प्रतियोगितालगायतका जनचेतनामूलक कार्यक्रम गरी साताव्यापी रुपमा मनाउने तयारी गरिएको उनले बताए ।
राजधानीमा दिवसका दिन भृकुटीमण्डपमा प्रभातफेरी तथा विविध कार्यक्रम आयोजना गर्न लागिएको छ । हाल विश्वभर २३ करोड २० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् ।
वैदेशिक रोजगारीमा रहँदा पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम् मानवअधिकार प्राप्ति आदिमा आप्रवासी कामदार भएकै कारण विभेद् नहोस् भनी संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदारको हकसम्बन्धी महासन्धि पारित गरेको दिन डिसेम्बर १८ लाई आप्रवासी कामदार दिवसका रुपमा मनाउने गरिएको छ ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई