
काठमाडौँ, २७ मङ्सिर । इजरायलमा रोजगारीका लागि नेपालबाट ३०० घरेलु कामदार पठाउने प्रक्रिया लम्बिएको छ ।
इजरायल जान चाहने घरेलु कामदारका लागि यसअघि वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निकालेको सूचनामा तीन महिनाको तालिम लिएको हुनुपर्ने प्रावधानको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छनोट प्रक्रिया लम्बिएको हो ।
सो प्रावधानका कारण सीमित म्यानपावर कम्पनीले मात्रै इजरायलमा कामदार पठाउन पाउने र २०६८ सालभन्दाअघि तालिम लिएकाले मात्रै रोजगारीमा जान पाउने अवस्था आएको भन्दै उजुरी परेपछि आयोगले अन्य आवेदकले पनि जान पाउने गरी प्रस्ताव संशोधन गर्न निर्देशन दिएको थियो ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले आवेदन दिएकामध्ये १४५ जना नर्सको हकमा तत्काल प्रक्रिया सुरु गरिने अन्यको हकमा तीन महिना तालिम लिएपछि मात्रै जान पाउने गरी काम अगाडि बढाइएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस तयारी
श्रम तथा रोजगार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गोविन्दमणि भुर्तेलले आगामी पुस ३ गते अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विविध कार्यक्रम गरी मनाइन लागेको जानकारी दिएका छन् ।
सबैभन्दा बढी विदेशमा कामदार जाने २७ जिल्लामा मन्त्रालय र विभिन्न सङ्घ सङ्गठनले रयाली, अन्तक्र्रिया, सडकनाटक, निबन्ध प्रतियोगितालगायतका जनचेतनामूलक कार्यक्रम गरी साताव्यापी रुपमा मनाउने तयारी गरिएको उनले बताए ।
राजधानीमा दिवसका दिन भृकुटीमण्डपमा प्रभातफेरी तथा विविध कार्यक्रम आयोजना गर्न लागिएको छ । हाल विश्वभर २३ करोड २० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् ।
वैदेशिक रोजगारीमा रहँदा पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम् मानवअधिकार प्राप्ति आदिमा आप्रवासी कामदार भएकै कारण विभेद् नहोस् भनी संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदारको हकसम्बन्धी महासन्धि पारित गरेको दिन डिसेम्बर १८ लाई आप्रवासी कामदार दिवसका रुपमा मनाउने गरिएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त