
दुसाम्बे (ताजकिस्तान), २१ मङ्सिर । मध्य एसियाली मुलुक ताजकिस्तानमा सोमबार ७.२ म्याग्निट्युडको भूकम्प आएको अमेरिकी भूगर्भविद्ले जनाएका छन् ।
सरकारले दिएको जानकारी अनुसार सोमबार साँझ समाचार सङ्कलन गर्ने समयसम्म कुनै हताहती भएको थाहा नभएको यहाँको सरकारी अधिकारीले जनाएका छन् ।
भूकम्पको शक्तिशाली धक्का ग्रीनविच समय अनुसार बिहान ७ बजेर ५० मिनेटको समयमा जमिनको सतहभन्दा २८ किलोमिटर गहिराईबाट गएको उक्त भूकम्पको केन्द्रविन्दु दुसाम्बेबाट ३४५ किलोमिटर पूर्वमा रहेको अमेरिकी भूगर्भ विज्ञान भूकम्प मापन केन्द्रले बताएको छ ।
ताजकिस्तानको आपत्कालीन अवस्था तथा उद्धार समितिले भूकम्पको ठूलो धक्का महसुस भएपछि सम्भावित क्षतिको विवरण सङ्कलन गर्न उद्धार टोलीहरु प्रभावित क्षेत्रमा पठाइ सकिएको तर अहिलेसम्म कुनै हताहतीको विवरण नआएको जनाएको छ ।
भूकम्पको धक्का छिमेकी किर्गिस्तान र काजाकिस्तानको उत्तरी भागमा पनि महसुस गरिएको थियो । उक्त शक्तिशाली भूकम्पको धक्का आफगानिस्तान, पाकिस्तान र भारतका केही भूभागमासमेत महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा