ताजकिस्तानमा ७.२ म्याग्निट्युडको भूकम्प

650x366_12071002_hd22

दुसाम्बे (ताजकिस्तान), २१ मङ्सिर । मध्य एसियाली मुलुक ताजकिस्तानमा सोमबार ७.२ म्याग्निट्युडको भूकम्प आएको अमेरिकी भूगर्भविद्ले जनाएका छन् ।

सरकारले दिएको जानकारी अनुसार सोमबार साँझ समाचार सङ्कलन गर्ने समयसम्म कुनै हताहती भएको थाहा नभएको यहाँको सरकारी अधिकारीले जनाएका छन् ।

भूकम्पको शक्तिशाली धक्का ग्रीनविच समय अनुसार बिहान ७ बजेर ५० मिनेटको समयमा जमिनको सतहभन्दा २८ किलोमिटर गहिराईबाट गएको उक्त भूकम्पको केन्द्रविन्दु दुसाम्बेबाट ३४५ किलोमिटर पूर्वमा रहेको अमेरिकी भूगर्भ विज्ञान भूकम्प मापन केन्द्रले बताएको छ ।

ताजकिस्तानको आपत्कालीन अवस्था तथा उद्धार समितिले भूकम्पको ठूलो धक्का महसुस भएपछि सम्भावित क्षतिको विवरण सङ्कलन गर्न उद्धार टोलीहरु प्रभावित क्षेत्रमा पठाइ सकिएको तर अहिलेसम्म कुनै हताहतीको विवरण नआएको जनाएको छ ।

भूकम्पको धक्का छिमेकी किर्गिस्तान र काजाकिस्तानको उत्तरी भागमा पनि महसुस गरिएको थियो । उक्त शक्तिशाली भूकम्पको धक्का आफगानिस्तान, पाकिस्तान र भारतका केही भूभागमासमेत महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री