लुम्बिनी (रुपन्देही), २० मङ्सिर । आपूर्ति व्यवस्था प्रभावित हुने गरी नेपाल–भारत सीमा नाका बेलहियास्थित दशगजा क्षेत्रमा आन्दोलन गर्न गएका मधेसी मोर्चा रुपन्देहीका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज दिउँसो नेपाल–भारत सीमा नाका बेलहियामा धर्ना बसी नाका अवरुद्ध गर्दै आपूर्ति व्यवस्था ठप्प पार्न खाजेपछि मधेसी मोर्चामा आबद्ध छ जना नेतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव, सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभासद् ओमप्रकाश यादव गुल्जारी, तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष श्रीनिवास यादव, तमलोपाका जिल्ला अध्यक्ष अजय वर्मा, गणेश पल र रामकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ