फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जुकरबर्ग र उनकी श्रीमती प्रीसिला च्यानले आफ्नी छोरी जन्मेको सार्वजनिक गर्दै फेसबुकमा रहेको आफ्नो शेयरको उन्नान्सय प्रतिशत असल कामका लागि दान दिने घोषणा गरेका छन्।
जुकरबर्गको फेसबुक पृष्ठमा राखिएको छोरी म्याक्सलाई लेखिएको चिठी मार्फत उक्त घोषणा गरिएको हो।
उनीहरुले भनेका छन् – हाम्रो जीवनकालभरीमा हाम्रो त्यो सम्पत्ति चान जकरबर्ग इनिसियटिभभन्ने कम्पनीलाई दान दिइनेछ किनभने हामी आफ्नी छोरी हुर्किने विश्व श्रेष्ठतम होस् भन्ने चाहन्छौं।
जकरबर्गका अनुसार अहिले शेयरको मूल्य ४५ अर्ब डलर छ ।
छोरी म्याक्सको जन्म गत हप्ता भएको थियो तर यो जोडीले मंगलबार मात्रै छोरीको जन्मको समाचार सार्वजनिक गरेको थियो।
चिठीमा जकरबर्गले भनेका छन्- च्यान जकरबर्ग इनिसियटिभको लक्ष्य मानव संभावनालाई विकास गर्ने र नयाँ पुस्ताका सबै बालबालिकाबीच समानता प्रवर्द्धन गर्नु हुनेछ।
प्रारम्भिक रुपमा त्यो व्यक्तिगत सिकाइ, रोग सञ्चो पार्नु, मानिसहरुलाई एकअर्कासँग जोड्नु र समुदायहरु बलियो बनाउनमा केन्द्रित हुनेछ।
जकरबर्गले चिठीको शुरुमा छोरी म्याक्सलाई भनेका छन्- ‘तिम्री आमा र मैले भविष्यका लागि तिमिले दिएको आशा वर्णन गर्ने शब्द नै भेटिरहेका छैनौं। बीबीसी नेपाली
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई