फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जुकरबर्ग र उनकी श्रीमती प्रीसिला च्यानले आफ्नी छोरी जन्मेको सार्वजनिक गर्दै फेसबुकमा रहेको आफ्नो शेयरको उन्नान्सय प्रतिशत असल कामका लागि दान दिने घोषणा गरेका छन्।
जुकरबर्गको फेसबुक पृष्ठमा राखिएको छोरी म्याक्सलाई लेखिएको चिठी मार्फत उक्त घोषणा गरिएको हो।
उनीहरुले भनेका छन् – हाम्रो जीवनकालभरीमा हाम्रो त्यो सम्पत्ति चान जकरबर्ग इनिसियटिभभन्ने कम्पनीलाई दान दिइनेछ किनभने हामी आफ्नी छोरी हुर्किने विश्व श्रेष्ठतम होस् भन्ने चाहन्छौं।
जकरबर्गका अनुसार अहिले शेयरको मूल्य ४५ अर्ब डलर छ ।
छोरी म्याक्सको जन्म गत हप्ता भएको थियो तर यो जोडीले मंगलबार मात्रै छोरीको जन्मको समाचार सार्वजनिक गरेको थियो।
चिठीमा जकरबर्गले भनेका छन्- च्यान जकरबर्ग इनिसियटिभको लक्ष्य मानव संभावनालाई विकास गर्ने र नयाँ पुस्ताका सबै बालबालिकाबीच समानता प्रवर्द्धन गर्नु हुनेछ।
प्रारम्भिक रुपमा त्यो व्यक्तिगत सिकाइ, रोग सञ्चो पार्नु, मानिसहरुलाई एकअर्कासँग जोड्नु र समुदायहरु बलियो बनाउनमा केन्द्रित हुनेछ।
जकरबर्गले चिठीको शुरुमा छोरी म्याक्सलाई भनेका छन्- ‘तिम्री आमा र मैले भविष्यका लागि तिमिले दिएको आशा वर्णन गर्ने शब्द नै भेटिरहेका छैनौं। बीबीसी नेपाली
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते