ब्रसेल्स, १५ मङ्सिर । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसिया र टर्कीलाई आफ्ना आन्तरिक विवादको अन्त्यगरी इस्लामिक स्टेटविरुद्धको कारबाहीमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।
उहाँले फ्रान्सको राजधानी पेरिसमा टर्कीका आफ्ना समकक्षी रिसिप तैइब अर्दाेगानसँग भएको भेटघाटका क्रममा मङ्गलबार सो धारणा राख्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उहाँले पछिल्लो समयमा टर्की र रसियाबीच जारी रहेको आक्रमणका कारण उत्पन्न परिस्थितिप्रति लक्षित गरी सो धारणा राख्नुभएको हो ।
हालैमात्र सिरियामा हमला गर्ने क्रममा रसियाको एक युद्धक विमान टर्कीले आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेको भनी खसालिदिएको थियो ।
सो घटनापछि पहिलो पटक अमेरिकी राष्ट्रपति ओबामाले दिनुभएको प्रतिक्रियामा सो धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो– “मेरो स्पष्ट धारणा यो छ कि टर्कीले आफ्नो आकासको रक्षा गर्न पाउछ र उसले सो अधिकार पनि राख्छ ।”
तर उहाँले अब यी सबै विगतका घटनाक्रमहरुलाई तन्काएर कुनै फाइदा नरहेकाले आगामी दिनमा एक भएर आइएसविरुद्धको कारबाहीका लागि लाग्नु नै श्रेयस्कर हुने बताउनुभयो ।
उहाँले वर्तमान विश्वमा हेर्दा हाम्रो साझा सत्रु भनेको आइएस हो र उसका विरुद्धमा लाग्न नै म सबैलाई अहिलेको अवस्थामा आग्रह गर्छु– राष्ट्रपति ओबामाले भन्नुभयो ।
हाल विश्वका नेताहरु जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागिताका लागि फ्रान्सको राजधानी पेरिसमा रहेका छन् ।
गत नोभेम्बर १३ मा पेरिसमा भएका आतङ्कवादी हमलाहरुमा कम्तीमा पनि १३० जनाको ज्यान गएको थियो । आइएसले सो हमला गरेको थियो ।
उक्त आतङ्कवादी हमलाको महिनादिन भित्रै सुरु भएको यस सम्मेलनमा आइएसका विरुद्धमा गरिनुपर्ने कारबाहीका बारेमा व्यापकमात्रामा चर्चा भएको प्राप्त समाचारमा जनाइएको छ ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ