
काठमाडौँ, १५ मङ्सिर । चलचित्र ‘कबड्डी कबड्डी’ ले करिब पाँच दिनमा रु दुई करोडभन्दा बढीको व्यापार गरिसकेको निर्माण पक्षले जनाएको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र करिब रु एक करोडको लगानीमा निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको यो दोस्रो चलचित्र हो ।
यसअघि उहाँकै निर्देशनमा बनेको ‘कबड्डी’ले पनि सफल चलचित्रको दर्जा पाएको थियो । उक्त चलचित्रले अघिल्लो वर्ष ‘उत्कृष्ट चलचित्र’को रुपमा राष्ट्रिय पुरस्कारसमेत पाएको थियो ।
‘कबड्डी’ फिल्मको दोस्रो अध्यायको रुपमा आएको ‘कबड्डी कबड्डी’को विशेषता भनेको मौलिक कथा र स्थानीयता हो । यसमा मुस्ताङका थकाली समुदायमा रहेको मामाचेला फूपुचेलाबीच चल्ने बिहेवारीको कथा छ । चलचित्रमा प्रेम र राजनीतिका विषयवस्तुलाई हाँस्यपरक ढङ्गले प्रस्तुत गरिएको छ ।
आफ्नो उद्देश्य चलचित्रले दर्शकलाई मनोरञ्जन दिने मात्र रहेको बताएका निर्देशक गुरुङले भन्नुभयो, “हामीले मुस्ताङको एउटा थकाली गाउँको कथालाई त्यहीँको जस्तो पात्रमार्फत दर्शकलाई विशुद्ध मनोरञ्जन दिने प्रयास गरेका छौँ, तर दर्शकले के सन्देश ग्रहण गर्छन् त्यो उनीहरुलाई नै छोडिदिऊँ ।”
सिनेमा आर्टको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् भने रौनकविक्रम कँडेल र सुनिलचन्द्र रौनियार यसका निर्माता हुन् ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता