लण्डन । नेपाली काँग्रेस समर्थित नेपाली जनसम्पर्क समिति बेलायतको कहिल्यै नटुङ्गिने अन्तरसंघर्षमा अब नयाँ समिति पनि थपिएको छ ।
कहिले लोक गुरूङको अध्यक्षतामा, कहिले चेतनाथ खनालको अध्यक्षतामा त कहिले विज्ञान प्रसाइँको संयोजकत्वमा गठन पुनर्गठन हुँदै अाएको जनसम्पर्क समितिमा अहिले मध्यमार्गी धारको दाबी गर्दै एकराज नेम्वाङले दाबी गरेका छन् ।
नोभेम्बर २९ मा अल्डरसटमा अायोजित भेलाले नेम्वाङको संयोजकत्वमा गठित समितिमा उपसभापति मनोज डंङ्गोल, महामंत्री सञ्जयभक्त कंडेल, सहमहामंत्री राजिब संग्रौला र सदस्यहरूमा सुवास राई, मनकुमार राई, ज्ञान गुरुङ, किशोर गुरुङ, बाबुराम प्रधान, कमलबहादुर पुर्जा, चिरण राई, कमल रोक्का, हर्कमाया लिम्बु, रामभक्त राई र सल्लाहकारहरूमा नरकुमारी लिम्बू र मोहन नेम्वाङ्ग रहेका छन् ।
जन सम्पर्क समिति प्रजातन्त्रमा विश्वास र आस्था राख्ने आप्रवासी नेपालीको आफ्नै संस्था भनिएता पनि ब्यबहारत बेलायतबासी नेपालीले त्यो अनुभूति गर्न नपाएको र संस्थागत भन्दा ब्यक्तिगत स्वार्थको हावीका कारण दुई खेमामा बिभाजन भएर दुईवटा समिति भएपनि संस्था नेतृत्व विहिन टुहुरो भएको नेम्वाङले अारोप लाए ।
नेपाली काँग्रेसमा आस्थावान र निष्ठावान करिब ६० प्रतिशतभन्दा बढी शुभचिन्तक, सक्रिय समर्थकको भावना र चाहानालाई अनुसार नयाँ समिति गठन गरेको उनले दाबी गरेका छन् । विभाजित समितिहरूलाई मिलाएर लैजान औपचारिक रूपमा वार्ता समितिको गठन गरी संवाद मार्फत समस्याको हल गर्न सक्दो प्रयास गरेपनि असफल भएपछि नयाँ समिति निर्माण गर्नुपरेको उनले बताए । उनले अब सबैलाई मिलाएर लैजाने र बहुमत कार्यकर्ताको समर्थन पाएकाले वैधानिक भएको दाबी पनि गरे ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]