
संयुक्त राज्य अमेरिकाबाट स्वास्थ्य उपचार गराई स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री सुशील कोइराला । साथमा काँग्रेसका अन्य नेताहरु । तस्बिर ः भीष्मराज ओझा रासस
काठमाडौँ, १० मङ्सिर । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्य ठीक रहेको र अब छिट्टै मुलुकको वर्तमान समस्या पनि समाधान हुने बताएका छन् ।
संयुक्त राज्य अमेरिकाबाट स्वास्थ्य उपचार गराई आज स्वदेश फर्किएका सभापति कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूलाई लागेको क्यान्सर रोग पूर्णरुपमा निको भएको र मुलुकको वर्तमान समस्या पनि वार्ता र सहमतिका माध्यमबाट छिट्टै समाधान हुने बताए ।
सभापति कोइरालाले आफूलाई जिब्रो र फोक्सोमा क्यान्सर भएको र चिकित्सकले चार÷चार महिनामा ‘फ्लोअप’का लागि बोलाएको भए पनि आफू एक वर्षमा जाँदा पनि चिकित्सक पूर्णतया निको भएको (क्लिन चिट) भनी खुसी व्यक्त गरेका थिए ।
तराई–मधेसमा भइरहेको आन्दोलनको माग समाधानका लागि आफू नेतृत्वको सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाएको जानकारी गराउँदै उनले भने, “संशोधनको प्रक्रिया अघि बढे आन्दोलनको माग सम्बोधन हुन्छ, यसमा सबै लाग्नुपर्छ ।”
मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तामाथि कुनै पनि किसिमको खतरामा हुन नहुने भन्दै सभापति कोइरालाले आन्दोलनरत दललाई पनि आन्दोलन शान्तिपूर्ण बनाउन आग्रह गरे । उनले मधेसमा उठेका मागलाई पूर्णरुपमा बेवास्ता गरेर अघि बढ्न पनि नसकिने विचार व्यक्त गरेका थिए ।
उनले मुलुकको इतिहासमा पहिलोपटक संविधानसभाबाट लोकतान्त्रिक संविधान बनेको र यसले सबै जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र र लिङ्गको अधिकार सुनिश्चित गर्नुका साथै सबैको पहिचानलाई उजागार गरेकामा सबैले संविधानप्रति गर्व महसुस गर्नुपर्ने धारणा व्यक्त गरे ।
काँग्रेस प्रतिपक्षमा भए पनि आन्दोलनरत दलसँग वार्ता र सहमतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउँदै सभापति कोइरालाले सत्ता पक्ष र आन्दोलन पक्ष पनि संवेदनशील भएर सहमतिमा आउनुपर्नेमा जोड दिएका थिए ।
काँग्रेसको आसन्न महाधिवेशनमा तपाइँको उम्मेदवारी के हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले त्यसबारेमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै त्यसबारेमा पार्टीका नेता तथा साथीभाइसँग छलफल गरेपछि जे हुन्छ सोहीअनुसार अघि बढ्ने बताए ।
सभापति कोइरालालाई विमानस्थलमा काँग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, प्रवक्ता दीलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, बलबहादुर केसीलगायत नेता कार्यकर्ताले स्वागत गरेका थिए । उनी गत कात्तिक २१ गते उपचारका लागि अमेरिका गएका थिए ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता