लण्डन । बेलायत सरकारले एक महिनाभन्दा बढी बेलायत छाडेमा घरबहालवापत दिंदै आएको सुविधा र ज्येष्ठ नागरिक भत्ता रोक्ने भएको छ ।
बेलायतका चान्सलर जर्ज ओस्बर्नले बुधबार बेलायतको हाउस अफ कमन्स (संसद) मा पेश गरेको खर्च पुनरावलोकन तथा शरदीय वक्तब्यमा सो घोषणा गरेका हुन् ।
सो व्यवस्था लागू भएमा सयौँका संख्यामा बेलायतमा बसोबास गरिरहेका बृद्धावस्थाका पूर्व गोरखा सैनिकहरु प्रभावित हुनेछन् ।
बेलायती सरकारको यो घोषणा आगामी अप्रिलदेखि लागू हुने योजना छ ।
नयाँ व्यवस्था लागू भएपछि सरकारबाट घरबहाल पाउने र बृद्ध भत्ता पाउने ज्येष्ठ नागरिकहरुले एक महिनाभन्दा बढी बेलायत बाहिर गएमा उनीहरुले पाउँदै आएको सुविधा रोकिने छ ।
अहिले १३ हप्ताभन्दा बढी बेलायत छोडेमा मात्र यस्तो सुविधा रोकिने गरेको छ ।
नयाँ व्यवस्थाले पूर्व गोरखा सैनिकहरुलाई गम्भीर असर पार्ने ज्येष्ठ पूर्व गाेरखाहरूसित काम गर्दै अाएकाे मद्दत समूहका क्याप्टेन हरिबहादुर थापामगर बताउँछन् । ‘काठमाडौँ मात्र पुग्दा दुई/तीन दिन बित्छ । धेरैजसो गोरखाहरुको घर गाउँगाउँमा छ । परिवारसित भेटघाट गर्न उनीहरुलाई एक महिनाले पुग्दैन’, थापाले भने ।
नयाँ व्यवस्था गोरखा पेन्सनरहरुलाई नै लक्षीत गरेर आएको झैं आफूलाई लागेको उनले बताए । ‘हामीलाई त यसले बर्बादै पार्ने भयो’ उनले भने ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति पदमबहादुर गुरुङले भने बेलायती चान्सलरको बक्तब्यको अध्ययन गर्न नपाएको बताए । ‘यदि यो व्यवस्था आर्म्ड फोर्सेसका पेन्सनरहरुलाई पनि लागू हुने हो भने त्यसले बृद्ध गोरखाहरुलाई धेरै असर पार्नेछ’ गुरुङले भने ।
६२ वर्ष ६ महिना उमेर पुगेकाहरुले बेलायतमा पेन्सन क्रेडिट (बृद्ध भत्ता) पाउँछन् । एकल भए हप्ताको १५१ पाउण्ड र युगल भए २३० पाउण्ड पाउँछन् ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य