लण्डन । इंग्ल्याण्ड र वेल्समा दोस्रो घर किन्दा अब बढी कर तिर्नुपर्ने भएको छ ।
बेलायती अर्थमन्त्री जर्ज ओसबोर्नले बुधबार संसदमा पेश गरेको खर्च पुनरावलोकन सम्बन्धी बक्तब्य अनुसार अब दोस्रो किन्न चाहने वा घर किनेर भाडामा दिन चाहनेहरुले थप ३ प्रतिशत कर तिर्नुपर्ने छ ।
आउँदो अप्रिलदेखि लागू हुने सो व्यवस्थाबाट आगामी पाँचवर्षमा एक विलियन पाउण्ड कर उठ्ने ओसबोर्नको भनाइ छ ।
बीबीसीका अनुसार नयाँ व्यवस्था लागू भएपछि १ लाख २५ हजारदेखि २ लाख ५० हजार पाउण्ड मूल्यको घर किन्दा अब ५ प्रतिशत कर तिर्नुपर्ने छ । अहिले सो कर २ प्रतिशत मात्र थियो ।
अहिले १ लाख २५ हजार पाउण्ड मूल्यभित्रको घर किन्दा कर नलाग्ने प्रावधान रहेकोमा नयाँ व्यवस्थापछि ५ हजार ५२० पाउण्ड कर तिर्नुपर्ने छ ।
त्यस्तै, २ लाख ५० हजारदेखि ९ लाख २५ हजार पाउण्डसम्मको घर किन्दा अब ८ प्रतिशत कर तिर्नपर्ने छ । अहिले सो मूल्यको घर किन्दा ५ प्रतिशत मात्र कर तिरे पुग्थ्यो ।
बेलायतमा पहिलोपटक घर किन्नेहरुले घर नपाउने समस्यालाई ध्यानमा राखी बेलायती सरकारले यो व्यवस्था गरेको बताइएको छ ।
लण्डनस्थित एक्सेस फाइनान्सियल सर्भिसेजका इण्डिपेण्डेण्ट फाइनान्सियल एडभाइजर मिन दर्लामी हाउजिंग मार्केटलाई नियन्त्रण गर्न सरकारले नयाँ व्यवस्था ल्याएको बताउंछन् ।
‘नयाँ व्यवस्थाले घरमा लगानी गर्न चाहनेहरुलाई निरुत्साहित गर्न खोजेको छ । यस प्रावधानले आफैँ बस्नका लागि घर किन्न चाहने (फस्ट टाइम बायर) लाई सजिलो पारेर हाउजिंग मार्केटलाई वास्तविक धरातलमा ल्याउन खोजेको देखिन्छ’उनले भने ।
एक भन्दा बढी घर किन्न खोज्नेहरूलाई निरुत्साहित गरे पनि सरकारको नयाँ घोषणाबाट घरको मूल्य घट्ने सम्भावना भने नरहेको दर्लामीले बताए । ‘घरको माग र आपूर्तिका बीचमा ठूलो ग्याप छ । त्यसैले यो नयाँ प्रावधानका कारण घरको मूल्य घट्ने सम्भावना देख्दिनँ तर अहिले जसरी घरको भाउ तीव्र गतिमा बढिरहेको छ त्यो रफ्तार भने कम हुन सक्छ’उनले भने ।
लण्डनका नेपाली मोर्गेज एडभाजर ऋषि खनाल अाफैं बस्नका लागि घर किन्नेहरूलाइ प्रोत्साहन गर्न सरकारले सो व्यवस्था ल्याएको बताउँछन् । तर कर बढाउँदैमा लण्डन र यसको अासपासमा घरको भाउ घट्ने सम्भावना नरहेको उनको भनाइ छ । ‘बैँकले ब्याजदर नबढाउँदासम्म घरको भाउ घट्ने अवस्था देख्दिनँ’ उनले भने ।
सरकारले घरको अभावलाई पूरा गर्न ६.९ बिलियन पाउण्ड छुट्याएको छ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल