लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले औषधि खरिदमा सहयोग गर्न २० लाख रुपैयां नेपाल पठाएको छ । संघका कोषाध्यक्ष दीपक श्रेष्ठले बुधवार उक्त रकम नेपाल पठाइएको जनाउंदै अरु थप रकम पठाइने जनाए ।
‘१४५ जना भन्दा बढिले प्रतिवद्धता गर्नुभएको थियो । अझ धेरै रकम संकलन हुने देखिएकाले त्यो सबै पैसा हामी फेरि अर्को लटमा नेपाल पठाउंछौं’, श्रेष्ठले भने । संस्थागत रुपमा तमुधिं यूकेले २ लाख र प्लमस्टिडको जमघट परिवारबाट एकलाख सहित व्यक्तिगत सहयोग संकलन भएको हो । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले सहयोगदाता सबैप्रति आभार व्यक्त गरेका छन् । यो अभियानमा रकम पठाउने बेलायत शाखा पहिलो भएको अध्यक्ष गुरुङले जनाए ।
‘हाम्रो जिम्मा पुरा गरेका छौं’, संघका प्रवक्ता खुशी लिम्बुले भने, ‘अझै दिन चाहनेका लागि ३० तारिखसम्म हामीले खुल्ला राखेका छौं, सहयोग गर्न सक्नुहुन्छ ।’
भारतको अघोषित नाकाबन्दीले नेपालमा औषधिको अत्यधिक अभाव भएपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदले विश्वभरका शाखालाई यो अभियानमा सहयोग गर्न भनेको थियो । केन्द्रको निर्देशन बमोजिम (एनआरएनए यूकेले २० लाख रुपैयां पठाउने निर्णय बैठकमै गरेको थियो ।
संघले नेपालमा मंगलबारदेखि औषधि वितरण शुरु गरिसकेको छ । एनआरएनए अध्यक्ष शेष घलेले पहिलो लटमा स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई ३८ लाख रुपैंयां र संस्थापक अध्यक्ष उपेन्द्र महतोले बुधबार ५ करोड रुपैयां बराबरको औषधि हस्तान्तरण गरेका छन् । १० करोड रुपैंया बराबरको औषधि दिने एनआरएनएको लक्ष्य छ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य