लन्डन । भूकम्प पीडित नेपाली वालवालिकाको सहयोगार्थ लन्डनमा हुन लागेको च्यारिटीमा बेलायती महारानीका निकटतम नातेदारदेखि मन्त्रीसम्मको सहभागिता हुने भएको छ ।
आगामी ३० नोभेम्बर, सोमबार सांझ लन्डनस्थित नेपाली दूतावासमा हुने च्यारिटी डिनरमा प्रिन्स माइकल अफ केन्ट जिसिभिओ सहित बेलायती न्याय मन्त्री माइकल गोभ, सांसद एवं पूर्व रक्षा राज्यमन्त्री जेराल्ड होवार्थ, सांसदहरु क्रिस डेभिस र मिसेल डोनेलन लगायतका वरिष्ठ व्यक्तित्व सहभागी हुने भएका हुन् । एकजना प्रतिष्ठित समाजसेवी डा. कपिल रिजालको संयोजनमा लन्डनस्थित नेपाली दूतावासले च्यारिटी डिनर गर्न लागेको हो ।
डा. रिजालले गोरखास्थित रान्चोकका भूकम्प पीडित नेपाली वालवालिकाको शिक्षा तथा स्वास्थ्य सेवाका लागि च्यारिटी गर्न लागिएको जनाए । ‘हामी जति रकम उठाउंछौं, त्यसमा २० प्रतिशत गिफ्ट एड थपेर अति जरुरी भएका नेपालका पीडितलाई पठाउंछौं । त्यसकारण नेपाली र बेलायती समुदायलाई सक्दो सहयोग गर्न मेरो आग्रह छ’, रिजालले भने ।
लिसा मे फाउण्डेशनले डा. कपिल रिजालसंग मिलेर गत अप्रिलमा गएको विनाशकारी भूकम्प लगत्तै करिब एक लाख १० हजार पाउण्ड संकलन गरेर नेपाल पठाएको थियो भने डा. रिजालकै नेतृत्वमा बेलायतबाट २१ जना चिकित्सक तथा नर्स भूकम्प प्रभावित क्षेत्रमा खटिएका थिए । त्यतिबेला चिकित्सकको टोलीले हजारौं पीडितलाई खाद्यान्न, ब्ल्यांककेट र औषधिहरु वितरण गरेको थियो ।
फाउण्डेशनले दोश्रो चरणमा गोर्खा जिल्लाको रान्चोकमा १३८ र सांखुमा १० वटा अस्थायी आवास गृह निर्माण गरिदिएको थियो ।
त्यसैगरि, तेश्रो चरणमा गोरखा र सिन्धुपाल्चोक जिल्लाका दश वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्रीसहितको एजुकेशन बक्स प्रदान गरिएको छ । फाउण्डेशनले डा. कपिल रिजालको समन्वयमा ९ ग्रामीण गाउंका विद्यालयमा खानेपानी र शौचालय सुविधासहित प्रेक्षालय निर्माण गर्ने योजना अघि सारेको छ । उक्त हललाई स्थानीय समुदायले समेत उपभोग गर्न सक्ने जनाइएको छ ।
डा. रिजालले रान्चोक गाउंलाई नमुना गाउं बनाउने प्रतिवद्धता व्यक्त गर्दै भूकम्प लगत्तै राहत वितरणमा आफूहरुलाई सहयोग गर्ने पूर्व सिडिओ जिवन ओली, इन्जिनियरहरु आभास घिमिरे र आशिस घिमिरे तथा तिलक रिजाल र श्रीमति डा. रजनी रिजालप्रति विशेष आभार व्यक्त गरेका छन् ।
सरे हिथ काउन्सिलका पूर्व मेयर काउन्सिलर जोन मेले आफ्नी दिवंगत छोरीको सम्झनामा खोलेका हुन् लिसा मे फाउण्डेशन । लिसा मेले सन् २००४ मा थाइल्याण्डको सुनामीमा ज्यान गुमाएकी थिइन् । फाउण्डेशनले सरे, ह्याम्पसायर र बर्कसायरका प्रमुख च्यारिटी साथै प्राकृतिक विपत्तिको सामना गरेका विश्वभरका पीडितलाई सहयोग प्रदान गर्ने गर्छ ।
भूकम्प अघि फाउण्डेशनले स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको अगुवाइमा जुम्ला र धनकुटामा स्वास्थ्य शिविर सञ्चालनमा समेत सहयोग गरेको थियो ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो