इटहरी, ९ मङ्सिर । इटहरी शैक्षिक समाजले भारतले सीमा क्षेत्रमा गरेको अघोषित नाकाबन्दीका कारण नेपालीको जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल नाकाबन्दी फिर्ता गर्न दबाब दिने उद्देश्यले आज इटहरीमा बृहत शैक्षिक रयाली निकालेको छ ।
इटहरी उपमहानगरपालिका क्षेत्रका ५२ भन्दा बढी निजी तथा सरकारी विद्यालय, उच्च मावि र कलेजले संयुक्त रुपमा निकालेको रयालीमा सहभागी विद्यार्थीले भारतले नेपालमा जारी संविधानलाई विषयवस्तु बनाएर गरेको अघोषित नाकाबन्दी असल छिमेकीको व्यवहार नभएको प्रष्ट पारे ।
उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानबाट निक्लिएको विरोध जुलुसले शहरको मुख्यमुख्य स्थानको परिक्रमा गरेको थियो । नाकाबन्दीले पारेको असर तथा नेपाली जनताले भोग्नुपरेका कष्टपूर्ण अवस्थालाई जुलुसका क्रममा चित्रण गरिएको थियो ।
नेपालीले भोग्नु परेका समस्याका विषयमा छिमेकी मुलुक भारतले टुलुटुलु हेरेर मजा लिइरहेको र अझै संविधान पुनर्लेखन पछिमात्र नाकामा भएको अवरोध खुल्ने भनी नेपालका लागि भारतीय राजदूतले दिएको अभिव्यक्तिको पनि विद्यार्थीले चर्को विरोध जनाएका छन् ।
इटहरी शहरको परिक्रमापछि चोकमा आयोजित विरोधसभामा जनता बहुमुखी क्याम्पस प्राध्यापक सङ्घका प्रतिनिधि केवल फुयाँल, सुनसरी हिसान अध्यक्ष मुकुन्द घिमिरे, सामुदायिक विद्यालय शैक्षिक केन्द्रका कमल तिम्सिना र प्राध्यापक टङ्क खुलाललगायतले बोल्नुभएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल