इटहरी, ९ मङ्सिर । इटहरी शैक्षिक समाजले भारतले सीमा क्षेत्रमा गरेको अघोषित नाकाबन्दीका कारण नेपालीको जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल नाकाबन्दी फिर्ता गर्न दबाब दिने उद्देश्यले आज इटहरीमा बृहत शैक्षिक रयाली निकालेको छ ।
इटहरी उपमहानगरपालिका क्षेत्रका ५२ भन्दा बढी निजी तथा सरकारी विद्यालय, उच्च मावि र कलेजले संयुक्त रुपमा निकालेको रयालीमा सहभागी विद्यार्थीले भारतले नेपालमा जारी संविधानलाई विषयवस्तु बनाएर गरेको अघोषित नाकाबन्दी असल छिमेकीको व्यवहार नभएको प्रष्ट पारे ।
उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानबाट निक्लिएको विरोध जुलुसले शहरको मुख्यमुख्य स्थानको परिक्रमा गरेको थियो । नाकाबन्दीले पारेको असर तथा नेपाली जनताले भोग्नुपरेका कष्टपूर्ण अवस्थालाई जुलुसका क्रममा चित्रण गरिएको थियो ।
नेपालीले भोग्नु परेका समस्याका विषयमा छिमेकी मुलुक भारतले टुलुटुलु हेरेर मजा लिइरहेको र अझै संविधान पुनर्लेखन पछिमात्र नाकामा भएको अवरोध खुल्ने भनी नेपालका लागि भारतीय राजदूतले दिएको अभिव्यक्तिको पनि विद्यार्थीले चर्को विरोध जनाएका छन् ।
इटहरी शहरको परिक्रमापछि चोकमा आयोजित विरोधसभामा जनता बहुमुखी क्याम्पस प्राध्यापक सङ्घका प्रतिनिधि केवल फुयाँल, सुनसरी हिसान अध्यक्ष मुकुन्द घिमिरे, सामुदायिक विद्यालय शैक्षिक केन्द्रका कमल तिम्सिना र प्राध्यापक टङ्क खुलाललगायतले बोल्नुभएको थियो ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक