लन्डन । वरिष्ठ गायक आनन्द कार्कीले आगामी ४ डिसेम्बर, शुक्रवार सांझ हन्स्लोस्थित काठमाण्डौं जोन रेष्टुरेन्टमा गायन प्रस्तुत गर्ने भएका छन् । सांझ ७ बजेदेखि शुरु हुने सांस्कृतिक सांझमा कार्कीलाई संगीतकार शिखर सन्तोषले पनि साथ दिंदैछन् । कार्यक्रममा प्रवेश शुल्क १० पाउण्डमात्र तोकिएको छ । सपन इन्टरटेनमेन्टले संयोजन गरिरहेको उक्त कार्यक्रम अविष्मरणीय बनाउने प्रतिवद्धता कार्कीको छ । उनले समस्त बेलायतवासी नेपाली संगीतप्रेमीलाई कार्यक्रममा उपस्थित भइदिन पनि आग्रह गरेका छन् ।
‘थर्ड आइ’ को निम्तोमा दशैं तिहार शुभकामना कार्यक्रममा गाउन बेलायत आएका कार्की र सन्तोषले लन्डन, म्यानचेस्टर, रेडिङ, अल्डरसटमा कन्सर्ट गरेर हन्स्लोमा गाउन लागेका हुन् ।
अघिल्लो साता नेपाल फर्कने कार्यक्रम भएपनि यो जोडी दर्शकको अत्यधिक मागका कारण थप महिना दिन यूकेमै रहने भएको छ ।
तीन दशक देखि नेपाली संगीतमा क्रियाशिल कार्कीका लाग्छ मन हेरिरहुं एकनास तिमीलाई…, यी हल्लाहरु हुन् तिमिले सुनेका…, फेरि तिम्रो याद आयो… आदि अत्यधिक सुनिने गीत हुन् । उनका फिल्मी गीत र गजल पनि असंख्य छन् । अझै गायनमा उस्तै सक्रिय कार्कीको हालैमात्र चाहन्छु म तिमीलाई…एल्बम बजारमा आएको छ ।
उता, कार्कीसंगै स्टेजमा गाइरहेका शिखर सन्तोषले डेढ दर्जन बढि बलिउड फिल्ममा संगीत दिइसकेका छन् । सन्तोषका रामकृष्ण ढकाल र लता मंगेशकरले गाएको बांचुन्जेलीलाई, पहाडको छुकछुके रेल, आस्था बीको मलाई पुगेन पुगेन… आदि गीत हिट छन् । एक दशक बलिउड बसेर करिब तीनवर्ष अघि मात्र नेपाल आएका हुन् शिखर सन्तोष ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]