
भारतले गरेको अघोषित नाकाबन्दी विरुद्ध अमेरिकाको ह्वाइट हाउस अगाडि विशाल प्रदर्शन गर्दै नेपालीहरु । तस्बिरः अग्नी चौँलागाई, अमेरिका,रासस
क्यालिफोर्निया (अमेरिका), ७ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा प्रदर्शन गरिएको छ ।
अमेरिकामा रहेका नेपालीहरूको प्रतिनिधिमूलक संस्थाहरूले संयुक्त रूपमा राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । स्थानीय समयअनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गरिएको विरोध प्रदर्शनमा चार हजार भन्दा बढी नेपालीको उपस्थिति रहेको थियो । उक्त विरोध प्रदर्शन नेपालीहरूबाट भएको अहिलेसम्मकै ठूलो भएको आयोजकले जनाएको छ । यस अघि प्रदर्शनकारीहरूले ह्वाइट हाउसदेखि अमेरिकास्थित भारतीय दूतावास रहेको ठाउँसम्म रयाली निकालेका थिए ।
एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)ले आज भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रपति बाराक ओबामासमक्ष एक ज्ञापनपत्र बुझाउने जनाएको छ । नाकाबन्दीको विषयमा अमेरिकी सिनेटरहरूलाई यसअघि नै ज्ञापनपत्र बुझाइएको थियो भने सिनेटरबाट प्राप्त पत्र रयालीमा पढेर सुनाइएको थियो । अमेरिकास्थित क्रियाशील नेपाली संस्थाहरू एएनए, वाना, आन्मा, नासा र एनआरएन अमेरिकाको पहलमा विरोध प्रदर्शन गरिएको हो ।
मधेसवादी दलहरूको आन्दोलनलाई आधार बनाएर सीमा सुरक्षाको नाममा भारतले नाकाबन्दी गर्दै संयुक्त राष्ट्र सङ्घको बडापत्र, पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताको उल्लङ्घन गरेको आयोजकले जनाएको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?