
भारतले गरेको अघोषित नाकाबन्दी विरुद्ध अमेरिकाको ह्वाइट हाउस अगाडि विशाल प्रदर्शन गर्दै नेपालीहरु । तस्बिरः अग्नी चौँलागाई, अमेरिका,रासस
क्यालिफोर्निया (अमेरिका), ७ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा प्रदर्शन गरिएको छ ।
अमेरिकामा रहेका नेपालीहरूको प्रतिनिधिमूलक संस्थाहरूले संयुक्त रूपमा राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । स्थानीय समयअनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गरिएको विरोध प्रदर्शनमा चार हजार भन्दा बढी नेपालीको उपस्थिति रहेको थियो । उक्त विरोध प्रदर्शन नेपालीहरूबाट भएको अहिलेसम्मकै ठूलो भएको आयोजकले जनाएको छ । यस अघि प्रदर्शनकारीहरूले ह्वाइट हाउसदेखि अमेरिकास्थित भारतीय दूतावास रहेको ठाउँसम्म रयाली निकालेका थिए ।
एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)ले आज भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रपति बाराक ओबामासमक्ष एक ज्ञापनपत्र बुझाउने जनाएको छ । नाकाबन्दीको विषयमा अमेरिकी सिनेटरहरूलाई यसअघि नै ज्ञापनपत्र बुझाइएको थियो भने सिनेटरबाट प्राप्त पत्र रयालीमा पढेर सुनाइएको थियो । अमेरिकास्थित क्रियाशील नेपाली संस्थाहरू एएनए, वाना, आन्मा, नासा र एनआरएन अमेरिकाको पहलमा विरोध प्रदर्शन गरिएको हो ।
मधेसवादी दलहरूको आन्दोलनलाई आधार बनाएर सीमा सुरक्षाको नाममा भारतले नाकाबन्दी गर्दै संयुक्त राष्ट्र सङ्घको बडापत्र, पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताको उल्लङ्घन गरेको आयोजकले जनाएको छ ।
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल