
मन्दिरको पुनःनिर्माणको काम गत असारदेखि नै सुरु गरेको भए पनि नाकाबन्दीको कारण निर्माण सामग्री उपलब्ध हुन नसकेर समस्या भएको हो ।
मनकामना जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भन्नुभयो – “पहिलो त सामान नै पाइँदैन । सामान पाइहाले पनि मूल्य दोब्बर छ । त्यसैले गर्दा अहिले निर्माणको काम रोकिएको छ ।”
अहिलेसम्ममा मन्दिरको जग राख्ने काम भएको छ । समयमै निर्माण सामग्री उपलब्ध भए दुई वर्षसम्मभित्र निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने समितिको लक्ष्य छ । समस्या लम्बिए पुनःनिर्माणको काम अन्योलमा पर्ने श्रेष्ठले भनाइ छ ।
संयोजक श्रेष्ठका अनुसार मन्दिर पुनःनिर्माण गर्न सरकारले रु चार करोड र केही सुन तथा काठ उपलब्ध गराएको छ । स्वदेश एवम् विदेशमा रहेका नेपालीले पनि सक्दो आर्थिक सहयोग गरेका छन् । मन्दिर र आसपासमा रहेका भत्केका पर्खाल निर्माणको काम सकिन मात्रै रु १२ करोड खर्च लाग्ने समितिको अनुमान छ । अहिले मन्दिर खुल्ला स्थानमा सारिएको छ । निर्माणको कामले दर्शनार्थीलाई आवतजावत गर्न समस्या भए पनि भक्तजनको सङ्ख्यामा कमी भने आएको छैन ।
भूकम्पअघिको समयमा पनि मन्दिर केही ढल्किएको थियो तर भूकम्पले गर्दा भने मन्दिरमा बसेर पूजा गर्न नमिल्ने गरी क्षति पुगेकाले गत जेठमा मन्दिरलाई भत्काई देवीलाई अस्थायी संरचना बनाएर सारिएको हो ।
मन्दिरमा पूजा गर्न अहिले दैनिक ६ हजारसम्म दर्शनार्थी आउने गरेका छन् । सामान्यतया मनकामनाको दर्शन गर्न आउनेको सङख्या मङ्सिरदेखि चैतसम्म बढी हुने गर्छ । त्यो समयमा दैनिक पाँच हजारदेखि २० हजारसम्म दर्शनार्थी आउने गरेको समितिको जानकारी दिएको छ । संयोजक श्रेष्ठका अनुसार मन्दिर भूकम्पले नष्ट भए पनि भक्तजन पहिलेकै अनुपातमा नै आइरहेका छन् ।
चितवनबाट आउनुभएकी एलिजा उप्रेतीले खुल्ला स्थानमा राखिएको मन्दिर अव्यवस्थित हुँदा पूजाआजा गर्न समस्या भएको बताउनुभयो ।
त्यसैगरी पाल्पाबाट पूजा गर्न आएका विजय शर्माले देशको गहनाका रुपमा रहेको मठमन्दिरको सरकारले छिटोभन्दा छिटो पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल