वाशिंगटन डीसी । हेल्प नेपाल नेटवर्क युएस शाखाले नेपालमा भूकम्प पछिको राहत तथा पुनर्निर्माणका लागि अहिलेसम्म दस लाख अमेरिकी डलर (झन्डै दस करोड रुपैया) संकलन भैसकेको जनाएको छ ।
सो रकम मध्ये पाँच करोड रुपियाँ बराबरको राहत सामग्री स्वयंसेवीहरुको सहयोगमा हेल्प नेपाल नेटवर्कको काठमाडौँ कार्यालयले भूकम्प प्रभावित १७ जिल्लाहरुमा वितरण गरिसकेको पनि नेटवर्कले जनाएको छ ।
गत वैसाख महिनामा नेपाल विध्वंसकारी भूकम्प जानासाथ नेटवर्कले संसारभरि फैलिएका नेपालीहरु तथा नेपालका मित्रहरुलाई सहयोगका लागि अपिल गरेको थियो ।
“हामी हाम्रो अपिलप्रति सहयोगदाताहरुले दर्शाउनु भएको प्रतिक्रियाबाट अत्यन्तै उत्साही भएका छौं। हामी सबै सहयोगीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौ,” शाखाका अध्यक्ष अभय श्रेष्ठले भने । उनले सबै स्वयंसेवक तथा साझेदार संस्थाहरुप्रति आभार पनि व्यक्त गरे ।
नेटवर्कले संकलित रकमबाट अस्थायी आवासहरु, अस्थायी सिकाई केन्द्रहरु तथा शौचालय बनाउन सहयोग गरेको थियो । तेस्तै १० जिल्लाहरुमा स्वास्थ्य शिविरहरु संचालन गरिएको थियो ।
दोस्रो चरणमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माणमा सघाउने पनि नेटवर्कले जनाएको छ ।
हेल्प नेपाल नेटवर्कले शिक्षा विभागसँग मिलेर भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माण नमुना तयार गर्न पनि काम गरिरहेको छ । सिन्धुपाल्चोक र नुवाकोटमा सहयोगका लागि केही विद्यालयहरु छनोट गरिसकिएको र सन् २०१६ मा खासगरी विद्यालय पुनर्निर्माणमा ध्यान केन्द्रित गरिने पनि श्रेष्ठले जनाए ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई