जापान । जापानमा बसोबास गर्ने पर्वतबासीहरुको संस्था पर्वत समाज जापानको दोस्रो अधिवेशन नोभेम्बर २२ मा टोकियोमा सम्पन्न भएको छ ।
टोकियोको योकोहामामा सम्पन्न अधिवेशनले आगामी २ बर्षका लागि इश्वर जोशीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको गठन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा संजय रिजाल र कृष्ण गौडेल, महासचिवमा जनक सुवेदी, सचिवमा हरि पराजुली, कोषाध्यक्षमा बसन्तकुमार जोशी चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि समाजका सल्लाहकार महेशकुमार श्रेष्ठले समाजको आवश्यकता र पर्वत समाज जापानले खेल्न सक्ने भूमिकाबारे बोल्नु भएको थियो । त्यसैगरि नवनिर्वाचित अध्यक्ष जोशीले आफु जस्तोसुकै परिस्थितिमा पनि जापानमा रहेका पर्वतबासीहरुको सेवाका लागि क्रियाशिल रहने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
अधिवेशनले विधान समितिद्धारा प्रस्तुत पर्वत समाज जापानको विधान संशोधनसहित पारित गरेको छ । कार्यक्रममा कार्यसमितिको तर्फबाट बसन्तकुमार जोशीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ