लण्डन । किरात राई यायाेख्या लण्डन उपशाखाकाे अायाेजनामा मुन्धुम सम्बन्धमा छलफल अायाेजना गरिएकाे छ ।
आख्यानकार, मदन पुरस्कार विजेता राजन मुकारुङ्ग साे कार्यक्रमका विशेष वक्ता थिए ।कार्यक्रममा सबैभन्दा पाको ब्यक्ति डिल्लीप्रसाद राई र नाक्छोंग धमिनी गीता राईको विशेष उपस्थिति रहेको थियो ।
डिल्लीप्रसाद राईले किरात राई संस्कार अनुसार फेटा गुथी मुकारुङ र नाक्छोङ्लाई सम्मान गरेका थिए ।
नाक्छोङ गीता राईले आख्यानकार मुकारुङलाई रिशिया गाउँदै आबुक / चिण्डोले शिर उभाउनी गरेका थिए ।
मानव उत्पतिको कथाद्वारा मुकारुङ्ले मुन्धुमको सुरु गरेका थिए । तीन चुलाको कथा, तायामा र खियामा लगायतको कथा वैज्ञानिक अाधारमा प्रस्टाएका थिए ।
कार्यक्रममा हेल्पिङ्ग युकेका युवाहरु सन्तोष राई, साङ्ग्नुमा राई, योजन राई लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।
बौद्धिक व्यक्तित्वहरू मकरध्वज राई, उदान बहादुर राई, मिलन राई, बम बहादुर राई लगायतको पनि कार्यक्रममा उपस्थिति थियो ।
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल