
लन्डन । सहारा यूकेले शनिवार सांझ एक च्यारिटी कार्यक्रम गरेको छ । अल्डरसटस्थित पार्टी प्यालेसमा आयोजित उक्त च्यारिटी कार्यक्रममा सोचेभन्दा बढि करिब तीनसय जनाको उपस्थिति रह्यो ।
उसको वार्षिक च्यारिटी कार्यक्रममा बेलायतस्थित अधिकांश नेपाली संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकले जनाएका छन् ।
सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङका अनुसार, कार्यक्रमबाट टिकट सहित चन्दामार्फत कम्तीमा ६ हजार पाउण्ड उठेको छ । सहारा यूकेले सहारा पोखरा, यहांका स्थानीय रोटरी क्लव तथा अरुण चौधरी फाउन्डेशनको समन्वयमा सिन्धुपाल्चोक र गोरखाका क्षतिग्रस्त ७ वटा सम्म विद्यालयको पुनर्निर्माण गरिदिने योजना बनाएको संस्थापक अध्यक्ष गुरुङले जनाए ।
उक्त अवसरमा संस्थाले उल्लेख्य योगदान गरेवापत संस्थापक अध्यक्ष गुरुङलाई विशेष अवार्ड र नारायण गुरुङलाई सहारा यूके अवार्डले सम्मान गर्यो ।
संस्थापक अध्यक्ष नवीन गुरुङको पहलमा नेपालमा भूकम्प लगत्तै पहिलो चरणमा ४५ हजार पाउण्ड बराबरको राहत सामाग्री र दोश्रो चरणमा २० हजार पाउण्ड पीडितलाई पठाइएको थियो ।
संस्थाका अध्यक्ष दिलिप गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी वर्तमान सांसद तथा पूर्व मन्त्री जेराल्ड होवार्थ, अल्डरसट टाउन एफसीका अध्यक्ष साहिद अजिज, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा नवनिर्वाचित एनआरएनए युरोप संयोजक कुल आचार्य, आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ लगायतलाई खादाले सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष मीनबहादुर गुरुङको संयोजकत्वमा भएको उक्त कार्यक्रममा पहिलो नेपाली तारा दीपक लिम्बुले गायन र स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य