
लन्डन । सहारा यूकेले शनिवार सांझ एक च्यारिटी कार्यक्रम गरेको छ । अल्डरसटस्थित पार्टी प्यालेसमा आयोजित उक्त च्यारिटी कार्यक्रममा सोचेभन्दा बढि करिब तीनसय जनाको उपस्थिति रह्यो ।
उसको वार्षिक च्यारिटी कार्यक्रममा बेलायतस्थित अधिकांश नेपाली संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकले जनाएका छन् ।
सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङका अनुसार, कार्यक्रमबाट टिकट सहित चन्दामार्फत कम्तीमा ६ हजार पाउण्ड उठेको छ । सहारा यूकेले सहारा पोखरा, यहांका स्थानीय रोटरी क्लव तथा अरुण चौधरी फाउन्डेशनको समन्वयमा सिन्धुपाल्चोक र गोरखाका क्षतिग्रस्त ७ वटा सम्म विद्यालयको पुनर्निर्माण गरिदिने योजना बनाएको संस्थापक अध्यक्ष गुरुङले जनाए ।
उक्त अवसरमा संस्थाले उल्लेख्य योगदान गरेवापत संस्थापक अध्यक्ष गुरुङलाई विशेष अवार्ड र नारायण गुरुङलाई सहारा यूके अवार्डले सम्मान गर्यो ।
संस्थापक अध्यक्ष नवीन गुरुङको पहलमा नेपालमा भूकम्प लगत्तै पहिलो चरणमा ४५ हजार पाउण्ड बराबरको राहत सामाग्री र दोश्रो चरणमा २० हजार पाउण्ड पीडितलाई पठाइएको थियो ।
संस्थाका अध्यक्ष दिलिप गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी वर्तमान सांसद तथा पूर्व मन्त्री जेराल्ड होवार्थ, अल्डरसट टाउन एफसीका अध्यक्ष साहिद अजिज, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा नवनिर्वाचित एनआरएनए युरोप संयोजक कुल आचार्य, आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ लगायतलाई खादाले सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष मीनबहादुर गुरुङको संयोजकत्वमा भएको उक्त कार्यक्रममा पहिलो नेपाली तारा दीपक लिम्बुले गायन र स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग