लन्डन । शंकास्पद वस्तु भेटिएपछि ब्रिटेनकै ठूलो ब्लु वाटर सपिङ सेन्टर खाली गराइएको छ । उक्त शंकास्पद वस्तुलाई शनिवार सांझ बम डिस्पोजल वीज्ञहरुले विस्फोट गराएपछि अप्रिय घट्ना चाहिं हुन पाएन । सपिङ सेन्टरले आफ्नो ट्वीटरमा प्रहरीले अनुसन्धान गरिरहंदा सपिङ क्षेत्र वरपर घेरा हालेर नियन्त्रणमा लिएको जनाएको छ ।
केन्ट प्रहरीले धेरै पसल खाली गराइएको जनाउंदै थप अनुसन्धान भइरहेको जनाएको छ ।
ब्रिटेनसहित समस्त युरोप नै यतिखेर आतंकवादको त्रासदीमा छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पेरिस आक्रमण लगत्तै ब्रिटेन पनि आतंकवादको निसानामा रहेको बताएका थिए । बेलायत पनि अहिले उच्च सुरक्षा सतर्कतामा छ ।
शनिवारमात्र बेल्जियम राजधानी ब्रसेल्स् मा आइएसले पेरिसकै जस्तो आक्रमण गर्ने योजना बनाएको त्यहांको जासुस संस्थाले पत्ता लगाएपछि सुरक्षा सतर्कता सबैभन्दा उच्च लेभल ४ मा राखिएको छ । त्यहांको मेट्रो रेल सेवा र धेरै पसल बन्द गरिएका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा