लन्डन । ‘वान्स मोर’ बढेपछि थप महिना दिन बेलायत बस्ने सुरसारमा छन् वरिष्ठ गायक आनन्द कार्की । ‘थर्ड आइ’ को निम्तोमा दशैं तिहार शुभकामना कार्यक्रममा गाउन बेलायत आएका कार्कीको व्यस्तता यतिखेर आकासिएको छ । ‘धेरै फ्यानहरुले हामीले कार्यक्रम नै हेर्न पाएनौं भनेपछि अरु एक महिना बेलायत बस्ने निधो गरेको छु’, तीन दशक देखि नेपाली संगीतमा क्रियाशिल कार्कीले भने ।
नेपालमा नाकाबन्दीले संगीत क्षेत्र समेत प्रभावित भइरहंदा कार्की बेलायतमै केही समय कार्यक्रम गर्न प्रेरित भएका रहेछन् । ‘देशको अवस्था सम्झंदा बडो दुःख लाग्छ’, कार्कीले सुझाए, ‘छिमेकी सधैं छिमेकी नै हुन्छ । त्यसकारण भारतसंगको चिसिंदो सम्वन्ध कुटनीतिक पहलबाट समाधान गर्न जरुरी छ ।’ नेपालमा दस्तावेजमा प्रजातन्त्र आए पनि व्यवहारमा नेपाली जनताले त्यो अनुभूति गर्न नपाएको कार्कीले बताए । ‘नेताहरुले काम थोरै गफ बढि गर्न थाले’, उनको आक्रोश थियो, ‘हामी स्वार्थका लागि बांचिरहेका छौं, नेपाल आमालाई मारिरहेका छौं ।’
कार्कीको साथमा छन् संगीतकार शिखर सन्तोष । कार्की र शिखर सन्तोषले लन्डनमा पटक पटक, म्यानचेस्टर, रेडिङ, अल्डरसट लगायत नेपाली रहेका प्रमुख शहरमा गाइसके । ‘रेडिङ र लन्डनमा फेरि कार्यक्रम गर्दैछौं’, केही दिन अघि भेटिएका गायक कार्की मख्ख थिए, ‘हामी कलाकारलाई आफ्नै परिवार र सम्पत्ति ठानेर नेपाली समुदायले माया गरेको देख्दा गर्व लाग्ने रहेछ ।’
आधुनिक गीत र गजल गायनमा पृथक पहिचान बनाएका यी गायकका हल्लाहरु हुन्, लाग्छ माया हेरिरहुं, फेरि तिम्रो याद आयो… आदि अत्यधिक सुनिने गीत हुन् । पप संगीत र नयां प्रविधिले आधुनिक गीत केही छायांमा परेको ठान्ने कार्की ‘आउट डेटेड’ भएकै हुन् ? यो आरोप स्वीकार्न राजी भएनन् उनी । भने, ‘बुढो भए पनि बाघ बाघ नै हो । यो क्षेत्रमा गुणस्तरले टिकिने हो, न कि सस्तो चर्चाले ।’ उनले नयां गायक गायिकालाई टिकेर देखाउन पनि चुनौती दिए ।
भर्खरमात्र चाहन्छु म तिमीलाई…एल्बम निकालेका कार्कीले विदेश बस्ने नेपाली डायस्पोराका कारण नेपाली संगीत प्रबर्धन भइरहेको जनाए । कार्कीले यसपटक लन्डन बोलाउने थर्ड आइका विकास देवकोटा र सनमकुमार बैरागप्रति बढि कृतज्ञता व्यक्त गरे । उनले बेलायतमा हुन गइरहेका आफ्ना कार्यक्रम हेरिदिन पनि समस्त नेपाली संगीतप्रेमीसमक्ष आग्रह गरेका छन् ।
उता, डेढ दर्जन बढि बलिउड फिल्ममा संगीत दिइसकेका सन्तोषका रामकृष्ण ढकाल र लता मंगेशकरले गाएको बांचुन्जेलीलाई, पहाडको छुकछुके रेल, आस्था बीको मलाई पुगेन पुगेन… आदि गीत हिट छन् । एक दशक बलिउड बसेर करिब तीनवर्ष अघि मात्र नेपाल आएका शिखर सन्तोष भन्दै थिए, ‘संगीतमार्फत कलिउड र बलिउड जोड्ने प्रयास गरिरहेको छु ।’ नेपालमा बलिउड जस्तो संगीतकर्मीबीच एकता नभएको अनुभव संगालेका छन् सन्तोषले । ‘संगीत टिमवर्क हो तर नेपालमा खुट्टा तान्ने प्रवृत्ति छ’, उनको दुःखेसो थियो ।
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल