लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले भारतीय नाकाबन्दीका कारण नेपालको चिकित्सा क्षेत्रमा गम्भीर असर परेको जनाउंदै सहयोगका लागि बेलायतवासी नेपालीमा अपिल गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रमा राहतका लागि आफ्नो आपतकालिन राहत कोषमा सहयोग गर्न अपिल गरेको हो । संघले आपतकालिन राहत कोष अभिवृद्धिलाई तीव्रता दिइएको पनि उल्लेख गरेको छ ।
गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले विश्वभर आफ्ना मातहतमा रहेका सबै राष्ट्रिय परिषदहरुलाई निर्देशन दिंदै हप्ता दिनभित्र १० करोड रुपैयांको औषधि तथा चिकित्साजन्य सामाग्री प्रदान गर्ने अभियानमा सघाउन भनेपछि केन्द्रकै निर्देशन बमोजिम गत आइतबार सम्पन्न एनआरएनए यूकेको बैठकले कम्तीमा २० लाख रुपैयां नेपाल पठाउने निर्णय गरेको थियो ।
नाकाबन्दी समस्याको दीर्घकालिन समाधान आर्थिक सहयोगको अपिल भन्दा पनि राजनीतिक र कुटनीतिक पहलबाट सान्दर्भिक हुने ठहर गर्दै संघले हाल आइपरेको संकट निवारणका लागि मानवीय कार्यमा मद्दत गर्न अनुरोध गरेको छ ।
आर्थिक सहयोगका निम्ति एनआरएन यूकेको बैंक खाताको विवरण यस प्रकार छ :
Barclays
NRN UK
Sort Code: 20-42-73
A/C: 43997871
Ref: Sponsor’s Name
गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले रकम ट्रास्फर गरिसकेपछि कोषाध्यक्ष दीपक श्रेष्ठलाई (07943866690) वा सहकोषाध्यक्ष ललित न्यौपानेलाई (07957915059) जानकारी गराउन पनि भनेको छ ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र