लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले भारतीय नाकाबन्दीका कारण नेपालको चिकित्सा क्षेत्रमा गम्भीर असर परेको जनाउंदै सहयोगका लागि बेलायतवासी नेपालीमा अपिल गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रमा राहतका लागि आफ्नो आपतकालिन राहत कोषमा सहयोग गर्न अपिल गरेको हो । संघले आपतकालिन राहत कोष अभिवृद्धिलाई तीव्रता दिइएको पनि उल्लेख गरेको छ ।
गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले विश्वभर आफ्ना मातहतमा रहेका सबै राष्ट्रिय परिषदहरुलाई निर्देशन दिंदै हप्ता दिनभित्र १० करोड रुपैयांको औषधि तथा चिकित्साजन्य सामाग्री प्रदान गर्ने अभियानमा सघाउन भनेपछि केन्द्रकै निर्देशन बमोजिम गत आइतबार सम्पन्न एनआरएनए यूकेको बैठकले कम्तीमा २० लाख रुपैयां नेपाल पठाउने निर्णय गरेको थियो ।
नाकाबन्दी समस्याको दीर्घकालिन समाधान आर्थिक सहयोगको अपिल भन्दा पनि राजनीतिक र कुटनीतिक पहलबाट सान्दर्भिक हुने ठहर गर्दै संघले हाल आइपरेको संकट निवारणका लागि मानवीय कार्यमा मद्दत गर्न अनुरोध गरेको छ ।
आर्थिक सहयोगका निम्ति एनआरएन यूकेको बैंक खाताको विवरण यस प्रकार छ :
Barclays
NRN UK
Sort Code: 20-42-73
A/C: 43997871
Ref: Sponsor’s Name
गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले रकम ट्रास्फर गरिसकेपछि कोषाध्यक्ष दीपक श्रेष्ठलाई (07943866690) वा सहकोषाध्यक्ष ललित न्यौपानेलाई (07957915059) जानकारी गराउन पनि भनेको छ ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार