काठमाडौँ, ५ मङ्सिर । संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले नेपालको पारवहन अधिकारको सम्मान गर्न र सीमामा देखिएको अवरोध अन्त्य गर्न आग्रह गरेका छन् ।
महासचिव मुनले नेपाल र भारत सीमामा देखिएको अवरोधले मानवीय सङ्कट पैदा भएकाले स्वतन्त्र पारवहन नेपालको अधिकार भएकाले त्यसलाई सम्मान गर्नुपर्ने बताएका हुन् ।
शुक्रबार औषधि बोकेको सवारी साधन र बिरामी बोकेको एम्बुलेन्समाथि तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले आक्रमण गरेपछि महासचिव मुनका तर्फबाट पहिलो प्रतिक्रिया आएको हो । मोर्चाले औषधि बोकेका सवारी साधनलाई निर्वाध रुपमा चल्न दिने घोषणा गरेको २४ घण्टा नपुग्दै वीरगन्जमा आक्रमण भएको थियो ।
नेपाल–भारत सीमा क्षेत्रमा देखिएको अवरोध तत्काल हटाउन र औषधिलगायत सामग्रीको आवागमनमा कुनै अवरोध नगर्न र निर्वाध आयात गर्न दिन उनले आग्रह गरेका छन् ।
महासचिव मुनले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न र शान्तिपूर्ण रुपमा आफ्ना धारणा राख्नसमेत आग्रह गरेको उनको प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अत्यावश्यकीय सामग्रीको आयातमा भएको अवरोध अमानवीय भएको उल्लेख गर्दै महासचिवका प्रवक्ताद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, “औषधिजस्तो अत्यावश्यक वस्तुको आयातमा भएको अवरोधका कारण मानवीय सङ्कट उत्पन्न भएको र उपचारमा नै समस्या परेकाप्रति महासचिव वान चिन्तित हुनुहुन्छ ।”
उनले वार्ता र आपसी परामर्शका आधारमा समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन् । प्रजातान्त्रिक, समावेशी, शान्तिपूर्ण एवम् सुनिश्चित र समृद्ध भविष्य निर्माणको प्रयासमा राष्ट्रसङ्घले नेपाललाई आवश्यक सहयोग एवम् समर्थन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग