
काठमाडौँ, ४ मङ्सिर । नेपाल विद्यार्थी सङ्घले मधेस आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दीबारे चिन्ता व्यक्त गरेको छ ।
सङ्घका अध्यक्ष रञ्जित कर्णले आज एक विज्ञप्ति जारी गर्दै नाकाबन्दी र आन्दोलनले अत्यावश्यक वस्तुको भएको अभाव र बजारमा देखिएको कालोबजारीले नेपाली जनतामा परेको मारप्रति गम्भीर ध्यानाकर्षण गरेको उल्लेख गरेको छ ।
सङ्घले विगत ९८ दिनदेखि मधेसमा भइरहेको आन्दोलनमा चिन्ता व्यक्त गर्दै मधेसीका जायज मागलाई वार्ताका माध्यामबाट टुङ्ग्याउन सरकारसँग आग्रह गरेको छ । यस्तै छिमेकी मुलुकले नेपालमा गरेको अघोषित नाकाबन्दीलाई कूटनीतिक तवरले समाधान खोज्नसमेत आग्रह गरेको छ ।
यस्तै वर्तमान समस्यालाई चाँडो समाधान गर्न प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने, अत्यावश्यक वस्तु चाँडो सहज गराउन भारतीय राजदूतावासमार्फत भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
यसैगरी कूटनीतिक समस्या चाँडो समाधान गर्न संयुक्त राष्ट्र सङ्घलगायतका संस्थामा जानकारी पत्र दिने, तराईको शिक्षालाई ख्यालमा राखी मधेसी मोर्चालाई दबाब दिने, अत्यावश्यक क्षेत्रमा सहज इन्धन आपूर्तिको व्यवस्था गर्न आग्रह गर्ने विज्ञप्तिमा उल्लेख छ ।
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय