आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: २३:५२ | UK Time: 19:07

नेता नेपालको घर तोडफोडप्रति एमालेको ध्यानाकर्षण

वीनेपाली
२०७२ मंसिर ४ गते १०:४३

UML office

काठमाडाँै, ४ मङ्सिर । नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको रौतहटको गौर नगरपालिका–३ स्थित घरमा आज मधेसी मोर्चासम्बद्ध कार्यकर्ताले गरेको आक्रमण र तोडफोडप्रति एमालेले ध्यानाकर्षण गराएको छ ।

एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा ‘यस प्रकारको व्यवहार र रवैया अविलम्ब नियन्त्रण गर्न सम्बन्धित पक्षलाई समयमै सचेत गराउन चाहन्छ’ भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘जुनसुकै आन्दोलनले पनि आफ्नो संयम र विवेक गुमाउनु हँुदैन । राजनीतिक नेतृत्व तहका वरिष्ठ नेताहरूको घरमा आक्रमण वा तोडफोड गरेर कुनै समस्याको समाधान हुन सक्दैन । यसले परिस्थितिलाई झन् खराब र नाजुक बनाउने निश्चित छ ।’

मधेसकेन्द्रित दललाई यस्ता क्रियाकलापलाई तुरुन्त नियन्त्रण गरेर वार्ता, संवाद र समझदारीको माध्यमबाट निकास खोज्न पनि एमालेले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक