
वीरगन्जको ओम आश्रमस्थित नेशनल ट्रेडिङ्ग लिमिटेड कार्यालय आगाडि आन्दोलनरत मधेस केन्द्रीत दलका कार्यकर्ताले गरेको आगजनीबाट क्षतिग्रस्त भएको औषधि बोकेको एउटा ट्रक । आगजनीबाट करिब रु. २० लाख मूल्य बराबरको औषधि जलेर नष्ट भएको छ । तस्बिर ः बिजय कुमार महतो, पर्सा, रासस
विराटनगर, ४ मङ्सिर । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज मोरङमा करिब एक दर्जन गाडी तोडफोड गरेका छन् ।
विराटनगरको पूर्वी भागसँग जोडिएको कटहरिस्थित नेसनल सिमेन्ट उद्योगको परिसरमा रोकेर राखिएका आठवटा ट्रक, दुई मोटरसाइकलका साथै कार्यालयमा समेत तोडफोड गरेका हुन् । साथै कटहरिको नहरमा को१च ७९९७ नम्बरको एम्बुलेन्समा पनि तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिरामी बच्चालाई बोकेर विराटनगर आउँदै गरेको सो एम्बुलेन्समा तोडफोड गरिएको हो । प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले बन्दकर्ताले गाडीमा ढुङ्गा प्रहार गरी भाग्ने गरेको र परिसरमा पार्किङ गरी राखिएको ट्रकहरुमा तोडफोड गरेका जानकारी दिए । उनका अनुसार बन्द तथा तोडफोडमा संलग्न आठजना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ ।
उता, आन्दोलनरत मधेस केन्द्रीत दलका कार्यकर्ताले बीरगन्जमा औषधि बोकेको एउटा ट्रकमा आगजनी गरेका छन् ।
वीरगन्जको ओम आश्रमस्थित नेशनल ट्रेडिङ्ग लिमिटेड कार्यालय आगाडि औषधि बोकेको ना २ ख ८२९२ नम्बरको एउटा ट्रकमा आन्दोलनकारीले गएराति करिब एक बजे आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगजनीबाट करिब रु. २० लाख मूल्य बराबरको औषधि जलेर नष्ट भएको छ । वीरगन्जबाट ट्रकमा लोड गरिएको उक्त औषधि जनकपुर पठाउने तयारी गरिरहेको बेला आन्दोलनकारीले आगजनी गरेका हुन् ।
यसैगरी, आन्दोलनकारीले आज बिहानैदेखि वीरगन्जका विभिन्न ठाउ“मा प्रदर्शन गरिरहेका छन् । तिहार र छठ पर्वलाई दृष्टिगत गरेर बन्द कार्यक्रमलाई केही खुकुलो बनाए पनि उनीहरुले आज बिहानैदेखि वीरगन्जका विभिन्न ठाउ“मा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीले बिहानदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन् ।
विभिन्न नारा लगाउ“दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले मोटरसाइकल, रिक्सा र टाँगासमेत चल्न नदिएको बताइएको छ ।
स्थिति अराजक हुन नदिन वीरगन्जमा व्यापक मात्रामा सुरक्षाकर्मीलाई परिचालन गरिएको र आवश्यक परे सम्पूर्ण उपाय अवलम्बन गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा