काठमाडौँ, ३ मङ्सिर । सुरक्षा परिषद्को आजको बैठकमा देशको समग्र सुरक्षा अवस्थाबारे छलफल भएको छ ।
बैठकमा चारै सुरक्षा निकायका प्रमुखले देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी गराएका छन् ।
बैठकपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले बैठकमा देशको समग्र सुरक्षा स्थितिकाबारे विवेचना, विश्लेषण गरिएको जानकारी दिए ।
आपूर्ति व्यवस्थामा देखिएको असहजता र त्यसलाई कसरी समाधान गर्नेबारे बैठक केन्द्रित रहेको उनको भनाइ थियो ।
देशमा हाल रहेको इन्धन, ग्यासलाई सहजरुपमा वितरणका लागि आवश्यक व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ ।
देशका विभिन्न भागमा भइरहेको आन्दोलन र ती क्षेत्रको सुरक्षा अवस्थाबारे प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त र अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीले विवरण प्रस्तुत गरेका थिए ।
बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेतलगायतको उपस्थिति थियो ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त