काठमाडौँ, ३ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणा र नेता लोकेन्द्रबहादुर चन्दबीच आज एकता भएको छ ।
कार्यकर्ताको दबाब, एकता महाधिवेशनको भावना एवम् समझदारीलाई स्वीकार्दै अब रहेको अध्यक्ष पदको पदावधिलाई तीन भागमा बराबरी बाँडेर पहिलोमा चन्द, दोस्रोमा राणा र तेस्रोमा डा प्रकाशचन्द्र लोहनीले अध्यक्षता ग्रहण गर्ने सहमतिका साथ एकता भएको हो ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दुवै नेताहरूले केन्द्रीयस्तरमा भएको टुटफुटले पार्टी तथा कार्यकर्ताको अस्तित्वमा सङ्कट आएकाले पार्टी एकताको खाँचो औँल्याए ।
सो अवसरमा नेता चन्दले भने– “अहिलेसम्म हामी एक अर्कालाई तल पार्ने खेलमा छौँ, जो जिते पनि, हारे पनि पार्टी, कार्यकर्ता हार्छन् त्यसैले अब यो खेल रोक्नुपर्छ ।” मुलुकमा राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रका लागि नेपालीले दुःख कष्ट व्यहोर्न परेकामा चिन्ता व्यक्त गर्दै उहाँले सरकार र मधेस आन्दोलनकारीबीच वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।
पार्टी अध्यक्ष राणाले यथाशीघ्र बैठक बोलाइ आफूले राजीनामा दिएर सहमति भएअनुसार नेता चन्दलाई अध्यक्षता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?