काठमाडौँ, ३ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणा र नेता लोकेन्द्रबहादुर चन्दबीच आज एकता भएको छ ।
कार्यकर्ताको दबाब, एकता महाधिवेशनको भावना एवम् समझदारीलाई स्वीकार्दै अब रहेको अध्यक्ष पदको पदावधिलाई तीन भागमा बराबरी बाँडेर पहिलोमा चन्द, दोस्रोमा राणा र तेस्रोमा डा प्रकाशचन्द्र लोहनीले अध्यक्षता ग्रहण गर्ने सहमतिका साथ एकता भएको हो ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दुवै नेताहरूले केन्द्रीयस्तरमा भएको टुटफुटले पार्टी तथा कार्यकर्ताको अस्तित्वमा सङ्कट आएकाले पार्टी एकताको खाँचो औँल्याए ।
सो अवसरमा नेता चन्दले भने– “अहिलेसम्म हामी एक अर्कालाई तल पार्ने खेलमा छौँ, जो जिते पनि, हारे पनि पार्टी, कार्यकर्ता हार्छन् त्यसैले अब यो खेल रोक्नुपर्छ ।” मुलुकमा राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रका लागि नेपालीले दुःख कष्ट व्यहोर्न परेकामा चिन्ता व्यक्त गर्दै उहाँले सरकार र मधेस आन्दोलनकारीबीच वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।
पार्टी अध्यक्ष राणाले यथाशीघ्र बैठक बोलाइ आफूले राजीनामा दिएर सहमति भएअनुसार नेता चन्दलाई अध्यक्षता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित