काठमाडौँ, २ मङ्सिर । भारतीय नाकाबन्दी, इन्धनको अभाव, महङ्गी र कालाबजारीबिरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)ले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
आज बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले मङ्सिर ७ गते भारतीय दूतावासमा ज्ञापनपत्र दिने तथा १ बजेदेखि ३ बजेसम्म दूतावास अगाडि धर्ना दिने, मङ्सिर ९ गते प्रधानमन्त्रीको कार्यालयमा विरोधपत्र दिने र सिंहदरबार अगाडि दुई घन्टा धर्ना दिने, मङ्सिर ११ गते देशका प्रमुख सहरमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष मोहन वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
केही दिनअघि नेकपा–माओवादी र नेकपा (एकीकृत)बीच पार्टी एकता भई बनेको सो पार्टीले एकता प्रक्रियालाई तलसम्म विभिन्न बैठक, प्रशिक्षण कार्यक्रम गरी मङ्सिर महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले सम्पूर्ण केन्द्रीय सचिवालयसहित सम्पूर्ण केन्द्रीय आयोजक समितिका सदस्यहरूको कार्य विभाजन गरेको छ । सच्चा देशभक्त, जनवादी र बामपन्थी शक्तिसँग संयुक्त सङ्घर्षका लागि आह्वान गर्नेसमेत बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
सच्चा कम्युनिस्ट क्रान्तिकारीसहित माओवादी शक्तिका बीचमा एकीकरण र ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउन आवश्यक पहल तथा प्रयत्न गर्ने तथा पार्टीको राष्ट्रिय सम्मलेनको मिति केन्द्रीय सचिवालयको आगामी बैठकले टुङ्गो लगाउने माओवादीले निर्णय गरेको छ । रासस
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने