काठमाडौँ, २ मङ्सिर । नेपाल आयल निगमले इन्धनको समानुपातिक बिक्री वितरण पारदर्शीरुपमा सञ्चालन गरेको दाबी गरेको छ ।
निगमबाट उपलब्ध हुने ग्यास, पेट्रोल, डिजेल र हवाई इन्धनको बिक्री वितरणमा कुनै पनि समस्या नरहेकाले पारदर्शीरुपमा बिक्री तथा वितरण भएको जनाएको हो ।
निगमका नायब कार्यकारी अधिकृत सुशील भट्टराईले आज रासससँग कुरा गर्दै निगमले बजारमा पठाएको इन्धन वितरणमा कुनै पनि समस्या नरहेको दाबी गरे ।
उनले निगम थोक विक्रेता भएकाले पेट्रोल पम्प र अन्य क्षेत्रमा आएका इन्धनको वितरणबारे निगमलाई जानकारी नभएको स्पष्ट पारेका छन् ।
उनले भने, “बजारमा भइरहेका खुद्रा व्यापारका विषयमा निगम जिम्मेवार छैन, यदि पम्पले बदमासी गरेका छन् भने तीनलाई तुरुन्त कारबाही हुन्छ ।”
सरकारले कात्तिक २ गते राजपत्रमा सूचना प्रकाशित गरेर जो कसैलाई पनि इन्धन आयात गरेर बिक्री गर्ने अधिकारको दुरुपयोग गर्दै केही व्यक्ति तथा विक्रेताले कालोबजारी गरेको बुझिएको छ ।
इन्धनमा आपूर्तिमा आउने कठिनाइलाई दीर्घकालीनरुपमा समाधान गर्न भारतको सरकारी आयल निगमका साथै त्यहाँका निजी कम्पनी र अन्य देशसँग इन्धन कारोबारको ढोका खोल्नुपर्ने कार्यकारी अधिकृत भट्टराईको भनाइ छ ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित