लन्डन । नेपालमा सर्वाधिक सफल चलचित्र वडा नम्बर ६ लन्डन ग्रीनफोर्डमा समेत देखाइने भएको छ । अल्डरसटमा उक्त चलचित्रको सफल प्रदर्शनपछि ग्रीनफोर्ड टाउन हलमा सिनेमा देखाउन लागिएको हो । आगामी आइतबार २२ नोभेम्बर, सांझ ६ देखि फिल्म प्रदर्शनको कार्यक्रम छ । नेपाली फिल्मलाई अन्तर्राष्टिय बजारमा समेत प्रवर्धन गर्ने अभिप्रायले बेलायतका विभिन्न शहरमा क्रमशः फिल्म देखाइएको आयोजक वीरेन खड्काले जनाए । उनले फिल्म कमेडी र मार्मिकताले भरिएको जनाउंदै दर्शकलाई हेर्ने अवसर नगुमाउन सुझाव दिएका छन् ।
ग्रीनफोर्ड शोका लागि वीरेन खड्का, अनिल मल्ल र काठमाण्डौं कर्नरका सुनिल थापाले जिम्मा लिएका छन् ।
उक्त चलचित्र उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढो), सिताराम कट्टेल (धुर्मुस), विल्सन विक्रम राई (तक्मे बुढो), राजाराम पौडेल जस्ता चर्चित हास्यंकलाकारसहित अभिनेता नीर शाह, नायिका प्रियंका कार्की, सन्दिप क्षेत्री, दयाहाङ राई लगायतको अभिनय छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै