
क्यालिफोर्निया(अमेरिका) २ मङ्सिर । भारतको अघोषित नाकाबन्दीको विरोधमा एनआरएन अमेरिका लगायत संस्थाले संयुक्त राष्ट्र सङ्घ मुख्यालय भवनअगाडि विरोध प्रदर्शनपछि मङ्गलबार ज्ञापनपत्र बुझाएका छन् ।
मध्याह्न १२ बजे सुरु भएको कार्यक्रममा ठूलो सङ्ख््यामा उपस्थित नेपालीलाई अमेरिकी मूलका नागरिक र भारतीय मूलका शिखले समेत ऐक्यबद्धता जनाएका थिए ।
दुई महिनाभन्दा लामो नाकाबन्दीको कारणले नेपालमा अत्यावश्यक सामग्रीको समेत अभाव भइसकेको अवस्थामा समेत भारतीय पक्षबाट नाकाबन्दी खोल्ने कुनै चासो र सङ्केत नदेखाएको कारणले स राष्ट्र सङ्घको ध्यानाकर्षण गर्दै चाँडो नाकाबन्दी खोल्ने वातावरण बनाउन विरोध प्रदर्शन गरिएको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले बताए ।
विनाशकारी भूकम्पमा उद्धार गर्नुभएका र नाकाबन्दीका बेला केही समय नेपालमा नै रहेका एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेल एउटा छिमेकीले यस्तो अवस्थामा पनि यसरी दुःख दिन्छ भनेर आफूले कल्पना समेत गर्न नसक्ने बताउँदै आफू टेक्सास राज्यबाट विरोध प्रदर्शनमा भाग लिन आएको जानकारी दिए ।
नाकाबन्दीको विरोध गर्दै नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले प्रेसविज्ञप्ति जारी गरेको छ भने आफ्नो वेबपेज र फेसबुकमा समेत विरोध जनाएको छ ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई