काठमाडौँ, २ मङ्सिर । समाज सेवाको क्षेत्रमा उल्लेख्य योगदान पुरयाउने विश्वका चर्चित व्यक्तिलाई प्रदान गरिने ‘सिएनएन हिरो अवार्ड’ यस वर्ष नेपाललाई आफ्नो कर्म थलो बनाएकी अमेरिकी नागरिक म्यागी डोयनले जितेकी छिन् ।
मङ्गलबार न्यूयोर्कमा भएको एक कार्यक्रममा उनलाई सो अवार्डद्वारा सम्मान गरिएको हो । दश वर्षदेखि नेपालमा रहेर उहाँले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी छिन् ।
विशेष गरी उनले मध्यपश्चिमका टुहुरा असहाय सडक बालबालिकालाई आवाससहितको शिक्षा दिन सहयोग गर्दै आएकी छिन् ।
मध्यपश्चिमका एक युवतीसँगको भेटपछि उनको जीवनले महत्वपूर्ण मोड लियो ।
“त्यहाँ सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिका गिट्टी कुटिरहेको देखेपछि ममा बालबालिकाको क्षेत्रमा केही काम गर्ने सोच पैदा भयो” – उनले भनिन् । सन् २००६ देखि सुर्खेतमा कोपिला भ्याली चिल्ड्रेन होम सञ्चालनमा ल्याई डोयनले ८ महिनादेखि १६ वर्षसम्मका ५० भन्दा बढी बालबालिकालाई आश्रय दिइरहकी छिन् ।
यस्तै उनीद्वारा सन् २०१० मा स्थापित ब्लिनो फाउन्डेसनले सञ्चालनमा ल्याएको कोपिला भ्याली विद्यालयमा अहिले ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
अवार्ड पाइसकेपछि उनले भनिन्, “म जब अठार वर्षको उमेरमा टेक्दै थिएँ, त्यतिबेलासम्म ५० बच्चाकी आमा भइसकेकी थिएँ । म आफ्ना बच्चालाई असाध्यै माया गर्छु । अनि नेपाललाई पनि धन्यवाद दिन चाहन्छु मलाई माया गरी आफ्नी छोरीको रुपमा स्वीकार गरेकामा ।”
उनले अवार्डसँगै एक लाख अमेरिकी डलर प्राप्त गरेकी छिन् । विश्वका दश उत्कृष्ट समाजसेवीमध्ये अनलाइन भोटिङ्मार्फत उनी यस वर्षको सिएनएन हिरो छानिइन् ।
उत्कृष्ट दशमा पर्न सफल सबैले उक्त समारोहमा कसरी आफूहरु समाजसेवामा लाग्न उत्प्रेरित भए भन्ने अनुभव सुनाएका थिए । उत्कृष्ट दशमा परेसँगै उनीहरुले दश हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।
यसअघि नेपालका समाजसेवी अनुराधा कोइराला र पुष्पा बस्नेतले पनि सिएनएन हिरो अवार्ड जितिसकेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा