काठमाडौँ, २ मङ्सिर । समाज सेवाको क्षेत्रमा उल्लेख्य योगदान पुरयाउने विश्वका चर्चित व्यक्तिलाई प्रदान गरिने ‘सिएनएन हिरो अवार्ड’ यस वर्ष नेपाललाई आफ्नो कर्म थलो बनाएकी अमेरिकी नागरिक म्यागी डोयनले जितेकी छिन् ।
मङ्गलबार न्यूयोर्कमा भएको एक कार्यक्रममा उनलाई सो अवार्डद्वारा सम्मान गरिएको हो । दश वर्षदेखि नेपालमा रहेर उहाँले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी छिन् ।
विशेष गरी उनले मध्यपश्चिमका टुहुरा असहाय सडक बालबालिकालाई आवाससहितको शिक्षा दिन सहयोग गर्दै आएकी छिन् ।
मध्यपश्चिमका एक युवतीसँगको भेटपछि उनको जीवनले महत्वपूर्ण मोड लियो ।
“त्यहाँ सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिका गिट्टी कुटिरहेको देखेपछि ममा बालबालिकाको क्षेत्रमा केही काम गर्ने सोच पैदा भयो” – उनले भनिन् । सन् २००६ देखि सुर्खेतमा कोपिला भ्याली चिल्ड्रेन होम सञ्चालनमा ल्याई डोयनले ८ महिनादेखि १६ वर्षसम्मका ५० भन्दा बढी बालबालिकालाई आश्रय दिइरहकी छिन् ।
यस्तै उनीद्वारा सन् २०१० मा स्थापित ब्लिनो फाउन्डेसनले सञ्चालनमा ल्याएको कोपिला भ्याली विद्यालयमा अहिले ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
अवार्ड पाइसकेपछि उनले भनिन्, “म जब अठार वर्षको उमेरमा टेक्दै थिएँ, त्यतिबेलासम्म ५० बच्चाकी आमा भइसकेकी थिएँ । म आफ्ना बच्चालाई असाध्यै माया गर्छु । अनि नेपाललाई पनि धन्यवाद दिन चाहन्छु मलाई माया गरी आफ्नी छोरीको रुपमा स्वीकार गरेकामा ।”
उनले अवार्डसँगै एक लाख अमेरिकी डलर प्राप्त गरेकी छिन् । विश्वका दश उत्कृष्ट समाजसेवीमध्ये अनलाइन भोटिङ्मार्फत उनी यस वर्षको सिएनएन हिरो छानिइन् ।
उत्कृष्ट दशमा पर्न सफल सबैले उक्त समारोहमा कसरी आफूहरु समाजसेवामा लाग्न उत्प्रेरित भए भन्ने अनुभव सुनाएका थिए । उत्कृष्ट दशमा परेसँगै उनीहरुले दश हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।
यसअघि नेपालका समाजसेवी अनुराधा कोइराला र पुष्पा बस्नेतले पनि सिएनएन हिरो अवार्ड जितिसकेका छन् ।
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान