काठमाडौँ, २ मङ्सिर । वैशाखमा गएको भूकम्पमा ज्यान गुमाउनेहरूको मोक्षका लागि मङ्गलबारदेखि पशुपतिक्षेत्रस्थित भुवनेश्वरी मन्दिर प्राङ्गणमा वैदिक विधिपूर्वक श्रीमद्भागवत महायज्ञ सुरु भएको छ ।
भूकम्पमा ज्यान गुमाएका सबैको मोक्ष प्राप्ति होस् भन्ने सङ्कल्पका साथ अनुष्ठान सुरु गरिएको श्रीमद्भागवत कथा आयोजन समितिले जनाएको छ ।
मृत्यु भएका १० परिवारको वैदिक विधिपूर्वक मोक्ष प्राप्तिको सङ्कल्पका साथ गत वैशाख १२ गते गएको भूकम्पमा परी मृत्यु भएकाहरूका लागि यज्ञ गरिएको समितिका सदस्य नन्दकिशोर शर्माले जानकारी दिए ।
महायज्ञमा पुरुषोत्तम धिमालले कथावाचन गर्नेछन् । “महाभूकम्प वा अन्य कारणले मृत्यु भएकाको मोक्षको कामनासहित आफन्तजनले कर्ताका रुपमा विधानअनुसार विशेष कर्म गर्न चाहेमा त्यसको समेत व्यवस्था गरिनेछ”–शर्माले भने ।
मङ्सिर ७ गतेसम्म सञ्चालन हुने यज्ञमा भागवत कथा प्रवचन, भजन कीर्तन, सम्मान र भागवतमा आधारित झाँकी प्रस्तुत गरिनेछ । महायज्ञबाट सङ्कलित रकम यज्ञमा खर्च गरी बाँकी रहेमा भूकम्पपीडितलाई न्यानो कपडा किनी बाँडिने कथावाचक धिमालले बताए ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता