काठमाडौँ, २ मङ्सिर । वैशाखमा गएको भूकम्पमा ज्यान गुमाउनेहरूको मोक्षका लागि मङ्गलबारदेखि पशुपतिक्षेत्रस्थित भुवनेश्वरी मन्दिर प्राङ्गणमा वैदिक विधिपूर्वक श्रीमद्भागवत महायज्ञ सुरु भएको छ ।
भूकम्पमा ज्यान गुमाएका सबैको मोक्ष प्राप्ति होस् भन्ने सङ्कल्पका साथ अनुष्ठान सुरु गरिएको श्रीमद्भागवत कथा आयोजन समितिले जनाएको छ ।
मृत्यु भएका १० परिवारको वैदिक विधिपूर्वक मोक्ष प्राप्तिको सङ्कल्पका साथ गत वैशाख १२ गते गएको भूकम्पमा परी मृत्यु भएकाहरूका लागि यज्ञ गरिएको समितिका सदस्य नन्दकिशोर शर्माले जानकारी दिए ।
महायज्ञमा पुरुषोत्तम धिमालले कथावाचन गर्नेछन् । “महाभूकम्प वा अन्य कारणले मृत्यु भएकाको मोक्षको कामनासहित आफन्तजनले कर्ताका रुपमा विधानअनुसार विशेष कर्म गर्न चाहेमा त्यसको समेत व्यवस्था गरिनेछ”–शर्माले भने ।
मङ्सिर ७ गतेसम्म सञ्चालन हुने यज्ञमा भागवत कथा प्रवचन, भजन कीर्तन, सम्मान र भागवतमा आधारित झाँकी प्रस्तुत गरिनेछ । महायज्ञबाट सङ्कलित रकम यज्ञमा खर्च गरी बाँकी रहेमा भूकम्पपीडितलाई न्यानो कपडा किनी बाँडिने कथावाचक धिमालले बताए ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित