
विभिन्न नाकाबाट भित्रिएका इन्धनलाई समानुपातिक प्रणालीका आधारमा वितरण गर्ने योजनाअनुसार सो परिमाणको इन्धन वितरण गरिएको हो ।
आज वितरण गरिएको इन्धनमध्ये दुई लाख ९१ हजार लिटर डिजेल र ४५ हजार लिटर पेट्रोल रहेको छ । सो परिमाणमा होटल तथा कूटनीतिक नियोगलाई वितरण गरिएको इन्धन भने समावेश गरिएको छैन ।
पछिल्लो दिनमा वीरगन्ज नाकाबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ आउने क्रम बढेको छ । कुल आयातको ७० प्रतिशतभन्दा बढी इन्धन सोही नाका भएर आउने गरेको थियो । अन्य नाकाबाट जति परिमाणका इन्धन आए पनि त्यसले मुलुकको कूल मागलाई सम्बोधन गर्न सक्दैन ।
सामान्य अवस्थामा निगमको थानकोट डिपोले पाँच लाख ५० हजार लिटर डिजेल र तीन लाख ५० हजार लिटर पेट्रोल दैनिक बिक्री गर्दै आएको थियो । तर पछिल्लो अवस्थामा इन्धन आयात नै कम भएपछि सो डिपोबाट आधा परिमाण पनि बिक्री गर्न नसकिएको निगमका थानकोट डिपो प्रमुख रविन शर्माले राससलाई जानकारी दिनुभयो ।
सो डिपोले चीनबाट अनुदानमा ल्याइएको पेट्रोलसमेत गरी गत कात्तिक महिनामा दैनिक औसत दुई लाख २९ हजार लिटर डिजेल र ७० लिटर पेट्रोल बिक्री गरेको थियो । गत कात्तिकमा ७२ लाख ७२० लिटर डिजेल, ६८ लाख ५८ हजार पेट्रोल बिक्री गरेको डिपो प्रमुख शर्माले बताउनुभयो ।
उहाँका अनुसार चीनले अनुदानमा दिएको १३ लाख लिटर पेट्रोलमध्ये यही मङ्सिर ४ गतेसम्म ल्याइसक्ने निगमको तयारी छ । हालसम्म सात लाख लिटर पेट्रोल ल्याइसकिएको र बाँकी रहेको छ लाख लिटर आयात गर्न बाँकी छ ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते